चिलिमेको खुद नाफा झण्डै ३ करोड घट्यो

Aug 16, 2014 Report



चिलिमे जलविद्युत कम्पनीको खुद नाफा गत आर्थिक बर्षमा झण्डै ३ करोडले घटेको छ ।

अघिल्लो आर्थिक बर्षमा ९६ करोड ५० लाख खुद नाफा गरेको चिलिमेले गत आर्थिक बर्षमा ९३ करोड ९६ लाख मात्र खुद नाफा गरेको छ । २ अर्ब २७ करोड चुक्ता पूँजी रहेको कम्पनीको नाफा घटेपछि प्रति शेयर अम्दानी ४१ रुपैया कायम भएको छ । गत बर्ष बोनस शेयर जारी गरेपछि शेयर संख्या बढेको तर खुद नाफा घटेकाले प्रति शेयर आम्दानीमा पनि ह्रास आएको छ । कम्पनीले विद्युत बिक्री दर बढ्नुका साथै बैंकको ब्याज आम्दानी बढेकोले बैंक मौन्दात भने बढेको जनाएको छ ।


कम्पनीले मध्य भोटेकोशी, सान्जेन, माथिल्लो सान्जेन र रसुवागढी आयोजनाहरुमा शेयर लगानी बढाउने  नीति लिएको छ । २ सय ७० मेगावाटका ती आयोजनाहरुमा लगानी बढाई छिटो सम्पन्न गर्नु चुनौतिपूर्ण रहेको कम्पनीको विश्लेषण छ । कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने विवादले गर्दा ती आयोजनाहरुको निर्माण हाल ठप्प छ ।


 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।