शिखर चढ्दै शिखर ईन्स्योरेन्स, गुराँसको प्रगति सुस्त

Aug 16, 2014 Report



निर्जिबन बीमा क्षेत्रको शिखर ईन्स्योरेन्सले गत आर्थिक बर्षमा खुद नाफा बढाएर १३ करोड १५  लाख पु¥याएको छ ।

२९ करोड ७७ लाख चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी ४४ रुपैया पुगेको छ । शिखरको मूल्य आम्दानी अनुपात २१.१८  प्रति शेयर नेटवर्थ १९७.९४ र प्रति शेयर कुल सम्पतिको मूल्य ४२७.७३ रहेको छ ।

गुराँस लाईफको प्रति शेयर आम्दानी ४ रुपैयाँ मात्र


गुराँस लाईफ ईस्योरेन्सले गत आर्थिक बर्षमा २ करोड ९ लाख खुद नाफा गरी प्रति शेयर आम्दानी ४ रुपैयाँ कायम गरेको छ । ५० करोड रुपैया चुक्ता पूँजी रहेको सो कम्पनीको जगेडा कोषमा १२ करोड ५८ लाख रुपैया र बीमा कोषमा १ अर्ब २ करोड छ । बिमांकीय मुल्यांकनबाट आउने नाफा जोडला भने कम्पनीको खुद नाफा बढ्नसक्ने देखिएको छ ।
 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।