पूँजी बजारको अस्थिरताले अर्थ मन्त्रालयले पनि चिन्तित, अर्थमन्त्री गंभीर परामर्शमा

Sep 04, 2014 mero Lagani /Himal



अर्थ मन्त्रालयले हल्ला गर्नेहरुले पूँजी बजारलाई अस्थिर बनाएको भन्दै निर्धक्क भएर कारोबार गर्न लगानकिर्ताहरुलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयका प्रबक्ता रामशरण पुडासैनीले मेरो लगानी डट कमसंग कुरा गर्दै केही गलत नियत भएका ब्यक्तिहरुले अनाबश्यक हल्ला गर्दा पूँजी बजारमा प्रभाव परेको भन्दै त्यस्ता हल्लाका पछाडि नलाग्न सर्वसाधारण लगानीकर्ताहरुलाई अपील गर्नुभएको हो ।

 


अहिले अर्थ मन्त्रालय र राष्ट्र बैंकले आपसी समन्वय गरी एकैरुपमा काम गरिरहेको भन्दै लगानी प्रतिकुल कुनै नीति नआएको र तत्काल आउने संभावना पनि नभएको उहांले स्पष्ट पार्नुभएको छ ।

 ‘सरकारले ल्याउने वित्तीय नीति र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति आपसमा मेल खाएको र लगानीकर्तालाई विश्वासमा लिने वातावरण बनाउन अर्थ मन्त्रालय लागि परेको प्रबक्ता पुडासैनीले बताउनुभयो ।

 उहांका अनुसार लगानीकर्तालाई विस्वास दिलाउँन अर्थ मन्त्री डाक्टर रामशरण महतले छलफल तीब्र पार्नुभएको छ ।  उहांले अर्थमन्त्रीले चाडै नै आर्थिक सुधारका कार्यक्रमहरु ल्याउनसक्ने संकेत पनि गर्नुभयो ।

पूँजी बजारमा आएको उत्साहलाई राष्ट्र बैंकको पछिल्लो निर्देशनले गुमाइदिएको लगानीकर्ताको आरोप अश्वीकार गर्दै पुडासैनीले  त्यो लगानीकर्ताको मनोबल गिराउने खालको नभएको बताउनु भयो ।
पूँजी बजारमा जलविद्युत र बीमा समूहको शेयर मूल्य  अलि माथि गएको जस्तो देखिए पनि  वाणिज्य बैंक समूह स्थिर रहेकाले बजारको अवस्था संतुलित नै रहेको उहाँको भनाई छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।