नेप्सेको न्युनतम विन्दु कुन होला ? बजार तल झरेपछि धमाधम शेयर उठाउने दाऊमा छन् ठूला लगानीकर्ता

Sep 09, 2014 Mero Lagani



हल्लाका भरमा साना लगानीकर्ताहरुले हालैका दिनमा घाटा खाएर ठूलो परिमाणमा शेयर बेच्दा नेपाल स्टक एक्सचेन्जको परिसुचक नेप्से ८७५ मा झरेको छ । बजार निकै तल झरेपछि ठूला लगानीकर्ताहरु भने नेप्सेको न्युनतम विन्दु कुन होला भनी शेयर किन्ने उपयुक्त मौका कुरेर बसेका छन् । उनीहरुले अब भने शेयर बजार घट्दैन र नेप्सेको न्युनतम विन्दु यही हो भन्ने यकिन गरेमा त्यसदिनदेखि बजारमा खरिदकर्ताहरुको चाप पर्ने र बजार उकालो लाग्ने विश्लेषण गर्न थालिएको छ । 

विगत एक महिना यता बजार अझै तल झर्ने भन्ने हल्ला फैलाउँदै ठूला लगानीकर्ताहरुले शेयर उठाएका छैनन् । गत संविधानसभाको चुनाव पछि बजार छिरेका र अपरिपक्व लगानीकर्ताहरुले हल्लालाई चिरी धैर्यता लिन नसक्दा बजार झरेर फ्रि फलको अवस्था सिर्जना भएको विश्लेषकहरुको भनाई छ । जुन दिन बजारमा चलाईएको हल्ला चिरिन्छ र ठूला लगानीकर्ताले शेयर उठाउन थाल्छन्, त्यसदिन बजार बढेर सर्किट लाग्ने निश्चित छ नाम उल्लेख गर्न चाहने एक शेयर दलालले बताए । 
 
ठूला लगानीकर्ताले जहिले पनि बजार बढेपछि शेयर बेच्ने र घटेपछि किन्ने गर्छन् तर साना लगानीकर्तामा भने बजार घटेपछि आत्तिएर बेच्ने र बढेपछि किन्न थाल्ने प्रबृत्ति देखिन्छ । अहिले बजार घट्दै आए पनि घटेर अडिने न्युनतम विन्दु थाहा नपाएकाले ठूला लगानीकर्ताले शेयर खरिद गर्न ढिलाई गरेका हुन् । बजारमा ठूला र संस्थागत लगानीकर्ताको बोलवाला रहेकाले उनीहरुको गतिविधिले तत्काल ठूलो प्रभाव पार्ने हुन्छ । बजार धेरै तल गईसकेकाले ठूला लगानीकर्ताहरु आज भोलिमै बजारमा प्रबेश गर्ने धेरै संभावना छ । 
 
नेप्सेले १०८५ को उचाई प्राप्त गरेपछि शेयर बेच्न थालेका ठूला लगानीकर्ताहरुले बजारबाट कम्तिमा ४ अर्ब रुपैया बाहिर निकालेका छन् ।  बजार उच्चतम विन्दुमा पुगेपछि आफ्नो शेयर बेच्ने र त्यसपछि अब बजार ह्वात्तै घट्छ भनेर साना र नयाँ लगानीकर्ताहरुलाई आतंकित बनाई शेयर मुल्य घटाएर फेरि शेयर किन्ने ठूला र संस्थागत लगानीकर्ताहरुको खेलले नेप्से प्रभावित हुंदै आएको छ । पूँजी बजारका सबै पक्ष सकारात्मक रहंदा रहंदै पनि नेप्सेले उल्टो यात्रा तय गर्नु पछाडि अनाबश्यक हल्ला नै मुख्य कारण रहेको पुष्टि भईसकेको छ । 
 
पूँजी बजारमा हल्लाको ठूलो प्रभाव रहेको बुझेकाहरुले सुरुमा नेप्सेमा सुचिकृत संस्थाहरुको ठूलो मात्रामा संस्थापक शेयर साधारणमा बदलिएर बजारमा आउँदैछ भन्ने हल्ला फैलाए भने त्यसपछि शेयर धितो कर्जामा कडाई हुने अर्को हल्ला गरियो ।  त्यसले पनि बजार खासै घटाउन नसकेपछि राष्ट्र बैंकले जारी गरेको निर्देशनलाई आधार बनाएर नयाँ हथकण्डा अपनाईयो । राष्ट्र बैंकको त्यो निर्देशन पूँजी बजारका लागि सकारात्मक रहेको प्रष्ट पारिएपछि फेरि शेयर धितो कर्जामा कडाई हुने र शेयर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रबेश गर्ने हल्ला गरिएको छ । 
 
यी हल्लाहरु केबल हल्लाहरु मात्रै हुन भन्ने सािवत भएकाले बजार धेरै तल नजाने स्पष्ट संकेतहरु देखिएका छन् । त्यसैले पनि ठूला र संस्थागत लगानीकर्ताहरु बजारको न्युनतम विन्दु कुन हो भन्ने कुरा यकिन गर्न थालिसकेका छन् । उनीहरुले बजारबाट शेयर खरिद गर्न र कम्पनीहरुले हालै सार्वजनिक गरेका लाभांशहरु हात पार्ने प्रयास थाल्नेछ, त्यही दिनदेखि बजारमा बुलिस ट्रेण्ड आउने पक्कापक्की छ । तर यस्तो बेला पहिले शेयर किनेर बसेका र हालै न्युनतम मूल्यमा शेयर बेचेर बाहिरिएका साना लगानीकर्ताहरु मारमा पर्नेछन् । शेयर नबेचेका लगानीकर्ताले रकम अभावमा थप शेयर उठाउन सक्ने छैनन् भने हालै शेयर बेचेर घाटा खाएकाहरुले महंगोमा आफैले बेचेको शेयर किन्ने वा पछुताएर बस्नु बाहेक अरु विकल्प हुँदैन । 
 



लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।