एनएमबी म्युचुअल फण्डमा तीन गुणा भन्दा बढी रकमको आबेदन, असोज भित्रै बांडफाँड हुने

Sep 23, 2014 Mero Lagani



एनएमबी क्यापिटलले निश्काशन गरेको ६० करोडको सुलभ ईन्भेष्टमेन्ट फण्ड १ मा तीन गुणा भन्दा बढी रकमको आबेदन परेको छ ।

 एनएमबी क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले १ अर्ब ९५ करोड भन्दा बढी रकमको आबेदन परेको पुष्टि गर्दै अब ७५ करोड रुपैयाँको ईक्विटी बांडफाड गरिने जानकारी दिनुभयो । उहांले ७ हजार आबेदकले ईक्विटी माग गरेको जानकारी दिदै ४ कार्य दिनमा अपार उत्साहका साथ सहभागिता जनाउने सबैप्रति आभार ब्यक्त गर्नुभयो । उहांले यही असोज मसान्त भित्रै ईक्विटीको बांडफांड सकेर लगानीकर्ताहरु समक्ष गरिएको प्रतिबद्धता अनुसार कार्य गर्ने दृढता पनि ब्यक्त गर्नुभयो ।
 
 एनएमबी क्यापिटलले लगानीकर्तालाई पहिलो बर्षमै कम्तिमा १० प्रतिशत प्रतिफल दिने लक्ष्य लिएको छ । ईक्विटीको बिक्रीबाट जम्मा हुने ७५ करोड रुपैयाँ मध्ये ८० प्रतिशतसम्म रकम धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने उस्को योजना छ । 
 
नेपालमा संचालनमा रहेका सामुहिक लगानी कोष मध्ये यो तेस्रो सामुहिक लगानी कोष हो । यसअघि सिद्धार्थ क्यापिटलले दुई पटक र नबिल ईन्भेष्टमेन्टले एक पटक यस्ता सामुहिक लगानी कोषहरुको निश्काशन गरिसकेका छन् । यस्ता सामुहिक लगानी कोषको आगमनले नेपाली पूँजी बजारलाई टेवा पुग्ने विस्वास गरिएको छ । 



यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।