एनएमबी म्युचुअल फण्डमा तीन गुणा भन्दा बढी रकमको आबेदन, असोज भित्रै बांडफाँड हुने

Sep 23, 2014 Mero Lagani



एनएमबी क्यापिटलले निश्काशन गरेको ६० करोडको सुलभ ईन्भेष्टमेन्ट फण्ड १ मा तीन गुणा भन्दा बढी रकमको आबेदन परेको छ ।

 एनएमबी क्यापिटलका प्रमुख कार्यकारी श्रीजेश घिमिरेले १ अर्ब ९५ करोड भन्दा बढी रकमको आबेदन परेको पुष्टि गर्दै अब ७५ करोड रुपैयाँको ईक्विटी बांडफाड गरिने जानकारी दिनुभयो । उहांले ७ हजार आबेदकले ईक्विटी माग गरेको जानकारी दिदै ४ कार्य दिनमा अपार उत्साहका साथ सहभागिता जनाउने सबैप्रति आभार ब्यक्त गर्नुभयो । उहांले यही असोज मसान्त भित्रै ईक्विटीको बांडफांड सकेर लगानीकर्ताहरु समक्ष गरिएको प्रतिबद्धता अनुसार कार्य गर्ने दृढता पनि ब्यक्त गर्नुभयो ।
 
 एनएमबी क्यापिटलले लगानीकर्तालाई पहिलो बर्षमै कम्तिमा १० प्रतिशत प्रतिफल दिने लक्ष्य लिएको छ । ईक्विटीको बिक्रीबाट जम्मा हुने ७५ करोड रुपैयाँ मध्ये ८० प्रतिशतसम्म रकम धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने उस्को योजना छ । 
 
नेपालमा संचालनमा रहेका सामुहिक लगानी कोष मध्ये यो तेस्रो सामुहिक लगानी कोष हो । यसअघि सिद्धार्थ क्यापिटलले दुई पटक र नबिल ईन्भेष्टमेन्टले एक पटक यस्ता सामुहिक लगानी कोषहरुको निश्काशन गरिसकेका छन् । यस्ता सामुहिक लगानी कोषको आगमनले नेपाली पूँजी बजारलाई टेवा पुग्ने विस्वास गरिएको छ । 



अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।