राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य

Jan 10, 2021 03:28 PM Merolagani



राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा  पुष २६ गते आइतबारको राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी हुन् ।

आज बिहानै बसेकाे मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको चालू अधिबेसन अन्त्य  सिफारिस गरेको थियो ।

राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सकिएपछि अधिवेशन  अन्त्य गरिएको हो ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।