इन्फिनिटी लघुवित्तको मूल्य समायोजन

Jan 22, 2021 09:25 AM Merolagani



माघ ९ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इन्फिनिटी लघुवित्त (ILBS) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

लघुवित्तको १४.७५ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३४० रुपैयाँ कायम गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम शेयरमूल्यका आधारमा समायोजन गरेको हो। बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यको आधारमा आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २४ गते साधारण सभा डोकेको छ। सोही प्रयोजनार्थ लघुवित्तले आजदेखि २४ गतेसम्म बुकक्लोज गरेको हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।