कृषि विकास बैंकले माग्यो ३२५ जना कर्मचारी

Jan 22, 2021 12:59 PM Merolagani



कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ। बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमूखदेखि लेखापालसम्मको १५ पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले शुक्रबार निकालेको सूचनामा उल्लेख छ। बैंकले खुल्ला तर्फ १५१ जना कर्मचारी मागेको छ भने समावेशी तर्फ महिला ५२, आदिवाशि जनजाति तर्फ ३७, मेधेसी ३०, दलित १३ र अपाङ्ग ६ जनाको लागी कर्मचारी माग गरेको छ।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।