तीन कम्पनीको शेयरमूल्य समायोजन

Jan 25, 2021 09:06 AM Merolagani



माघ १२ गते, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य समायोजन भएको हो।

यस दिन नेप्सेले गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको नयाँ मूल्य ३२४ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनस समायोजन पश्चातको मूल्य २१७ रुपैयाँ तोकिएको छ भने एनआरएन इन्फ्रास्टक्चरको २.८५ प्रतिशत बोनस समायोजन गरी ३६९ रुपैयाँ तोकिएको छ।

यी तीनै कम्पनीहरुको अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो। आइतबार गरिमाको ३६८ रुपैयाँ, एनआरएन इन्फ्रस्टक्चरको ३८० रुपैयाँ र सेन्ट्रल फाइनान्सको २३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

गरिमा (GBBL) ले हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ३० गते, शुक्रबार होटल पोखरा ग्राण्ड, विरौटमा बिहान १०ः३० बजे चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।

त्यस्तै, सेन्ट्रल फाइनान्स (CFCL) ले माघ २३ गते, शुक्रबार, आफ्नो नयाँ कर्पोरेट भवन, कुपण्डोलमा दिनको ११ बजे २४ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले सञ्चालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ७ प्रतिशतले हुने रकम ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ १३ पैसा बोनस शेयर र ३ प्रतिशतले हुने रकम २ करोड ४७ लाख १ हजार ९ सय ३५ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यता, एनआरएन इन्फ्रास्टक्चर (NRN) ले हालको चुक्ता पूँजीको २.५८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद लाभांश पारित गर्न माघ २५ गते बिहान ११ बजे अकामा होटल, सुकेधारामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।