उपत्यकामा बन्दको आंशिक प्रभाव, छिटफुट मात्रामा सार्वजानिक सवारी साधन चल्दै ( फाेटाे फिचर सहित)

Feb 04, 2021 12:12 PM Merolagani



नेकपाकाे प्रचण्ड माधव समूहले आयोजना गरेको बन्दको प्रभाव काठमाण्डौ उपत्यकामा आंशिक रुपमा देखिएको छ । बिहीबार विहानैदेखि उपत्यकाका अधिकाँश सडकहरु खाली छन् सवारीसाधनहरु खासै चल्न सकेका छैनन्। तर मध्यान्ह पछि भने निजी सवारी साधानकाे संख्या केही बढेकाे छ। 

तर सार्वजानिक सवारी साधनहरु भने  छिटपुटमात्र देखिएका छन् । अति अावश्यकीय सवारी साधानहरू भने बन्दकर्ताले चलाउन दिएका छन् ।

उपत्यका भित्र पसलहरु पनि थोरै मात्रामा खुलेका छन्।

विहानैदेखि नेकपा प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए। उनीहरुले बिहानै एक ट्याक्सीमा आगजनी समेत गरेका छन्।

प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा समेत लिइरहेको छ। अहिलेसम्म ७५ जना भन्दा धेरै नेता कार्यकर्ताहरु पक्राउ परिसकेका छन्। सरकारले गरेकाे संसद बिघटनकाे बिराेधमा प्रचन्ड माधव नेपाल समूह बिराेधमा उत्रिएकाे हाे । 




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।