कार्ल आइकानको लगानी सफलता सम्बन्धी ९ टिप्स

Feb 10, 2021 08:09 PM Merolagani

‘लगानीको सफलताका लागि धैर्यता, बुद्धिमानी, दृढ संकल्प र तीक्ष्ण रणनीति बनाउने क्षमता राख्नुपर्दछ, जसले उनीहरुलाई लगानी दुनियाँको उतारचढावलाई पार गर्न मद्दत गर्दछ।’ – कार्ल आइकान

कार्ल आइकान एक प्रसिद्ध व्यावसायी हुन्, जो आइकान इन्टरप्राइजेनका संस्थापक हुन् र वाल स्ट्रीटका सबैभन्दा सफल लगानीकर्ता मध्येका एक पनि। ‘कर्पाेरेट रेइडर’ का रुपमा प्रख्यात उनी, सन् २०१८ मा फाेर्ब्सद्वारा सबैभन्दा धनी ४०० अमेरिकीहरुको सूचीमा ३१ औँ स्थानमा सूचीबद्ध भएका थिए भने २०१९ मा सबैभन्दा अधिक कमाई गर्ने हेज फण्ड म्यानेजरको फाेर्ब्स सूचीमा ११ औँ स्थानमा परेका थिए।

आइकानले स्टकमा तब लगानी गर्न शुरु गरे जब उनी कलेजमा अध्ययनरत थिए। आफ्नो पढाई पूरा गरेपछि उनी स्टक ब्रोकर बने।

उनले छिट्टै नै मध्यस्थताको कलामा महारत हासिल गरे र बजारमा शेयरमूल्यको अन्तरको फाइदा उठाए र प्रत्येक कारोबारमा लाभ उठाउन सफल भए।

१९८० को दशकमा उनी एक शेयरहोल्डर एक्टिभिस्ट बनेका थिए र कम्पनीमा ठूलो मात्रामा शेयर खरिद गरे। त्यसपछि उनले ती कम्पनीहरुमा सकारात्मक व्यवस्थापकीय र नेतृत्वदायी परिवर्तन गर्न बाध्य बनाए, जुन सर्वसाधारण लगानीकर्ताहरुको फाइदाका लागि थियो।

कयौँ युवा लगानीकर्ताहरु उनको लगानी शैलीको अध्ययन गर्दछन् र ट्रेडिङ सफलताका लागि उनको मार्गदर्शनको खोजी गर्दछन्।

आइकानले कुन लगानी रणनीति अनुशरण गरे?

आइकानले लगानीका लाथि दीर्घकालीन दृष्टिकोण राख्छन् र भ्यालू–इन्भेस्टिङ रणनीतिको पालना गर्नमा विश्वास राख्दछन्।

उनी त्यस्ता कम्पनीहरुलाई लक्षित गर्दथे जुन वास्तविक मूल्यभन्दा कम मूल्यमा कारोबार भइरहेको छ र जसको मूल्य आम्दानी अनुपात (पीई रेसियो) कमजोर छ अथवा बजारको मूल्याङ्कनभन्दा बुकभ्यालु बढी छ।

‘म कम्पनीलाई व्यवसायको रुपमा हेर्छु, जबकि वालस्ट्रीट विश्लेषकहरु त्रैमासिक नाफा हेर्छन्। म सम्पत्ती र सम्भावित उत्पादकत्व खरिद गर्छु। वालस्ट्रीट आम्दानी खरिद गर्छ, त्यसैले मैले खास परिस्थितिमा देखेका धेरै चिजहरु उनीहरु छुटाउँछन्,’ युट्यूबमा भएको एक भिडियोमा उनले भनेका छन्।

आइकानले केही सिद्धान्तहरुको सूची बनाएका छन् जसले लगानीकर्ताहरुलाई दीर्घकालमा सफलता प्राप्त गर्न सहयोग गर्छः

१) लगानी गर्नुअघि व्यवसाय सम्भाव्यताको अध्ययन गर्नुहोस्

आइकान भन्छन् लगानीकर्ताले एक कागजको टुक्रा खरिद गरिरहेको नभइ त्यस व्यवसायको शेयर खरिद गरिरहेको मानसिकताले लगानीको दृष्टिकोण बनाउनु पर्छ। यदि तपाई लगानीमा सफल हुने इच्छा राख्नुहुन्छ भने तपाईले आफुले स्टक खरिद गर्न चाहेको व्यवसायको बारेमा बुझ्न केही समय निकाल्न र केही मेहेनत गर्न सुझाव आइकान दिन्छन्।

२) व्यापारको मूल्य निर्धारणमा ध्यान दिनुहोस्

आइकान भन्छन् मूल्य निर्धारण व्यवसायको उत्पादकत्वको एक प्रमुख सूचक हो। उनी भन्छन्, समयसँगै परिवर्तन भइ उत्पादकत्वलाई असर पार्ने भएकोले प्राइसिङ्ग पावरले कसरी कार्य गर्छ भन्ने बुझ्नु जरुरी छ। यदि कसैले यो प्रासिङ्ग पावर बुझ्न सक्यो र आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्यो भने, ऊ सफल लगानीकर्ता बन्नेछ।

३) दुई प्रमुख पापहरुबारे सचेत रहनुस्

लगानीकर्ताहरु दुई मूख्य पापहरुबारे सचेत हुनुपर्ने आइकान बताउँछन् र ती हुन्ः आवेगमा प्रतिक्रिया दिने र कुनैपनि प्रतिक्रिय नै नदिने। ‘जीवन र व्यवसायमा, दुई प्रमुख पापहरु छन्। पहिलो बिना कुनै सोच तत्परतापूर्वक कार्य गर्नु र दोस्रो कुनै प्रतिक्रिया नै नजनाउनु,’ उनी भन्छन्।

एक लगानीकर्ता शान्त र धैर्यवान हुनुपर्छ र आवेगमा कुनैपनि लगानीको निर्णय लिनुहुँदैन। त्यसैगरी, जब प्रदर्शनी गर्ने समय आउँछ, तब तिव्र आवेग देखाउनुपर्छ। यदि लगानीकर्ताहरुले सम्भावित लगानीको अवसरमा प्रतिकृया जनाएन वा त्यसै बसिरह्यो भने उनीहरुले अमूल्य अवसर गुमाउन सक्छन्।

४) झुण्ड मानसिकताबाट बच्नुस्

लगानीको दुनियाँमा लगानीकर्ताले सबै झुण्ड मानसिकताबाट बच्नुपर्छ, किनभने भिडका बीच प्रख्यात सबै सँधै लगानीका लागि उचित हुन्छ भन्ने हुँदैन। उनी यस्ता फैलिएका सामूहिक विचारहरुबाट जालमा फस्ने चेतावनी दिन्छन्। र भन्छन् यदि कोही प्रचलित ट्रेण्डसँगै जान्छ भने अन्ततः त्यो मोमेन्टम टुक्रिन्ट र ऊ समस्यामा पर्नसक्छ।

‘जब अधिकांश लगानीकर्ताहरु, केही प्रोफेशनलहरुसहित केही कुरामा सहमत हुन्छन्, उनीहरु प्राय गलत हुन्छन्,’ उनी भन्छन्। त्यसैले, उनी त्यस्ता कम्पनीहरुको शेयर खरिद गर्न सल्लाह दिन्छन् जुन अहिले नचलेको होस् र त्यस्ता स्टकहरु सिफारिस गर्छन् जुन बजारले बिर्सेको छ।

त्यसैगरी, उनी लगानीकर्ताहरुलाई अरु डराएको बेला लोभी हुन र अरु लोभी भएको बेला डराउन सल्लाह दिन्छन्। यदि लगानीकर्ताले सही स्टक छान्न सकेमा यस प्रकारको फरक ट्रेडिङ्गले धेरै नाफा दिने उनको भनाइ छ।

५) अन्डरभ्यालुड स्टकमा लगानी गर्नुस्

लगानीकर्ताले अन्डरभ्यालुड सम्पत्तीमा लगानी गर्न कोशिस या लगानी गर्नुपर्ने आइकान बताउँछन्। अधिकांश समय, सम्पत्तीहरु अन्डरभ्यालुड हुन्छन् र त्यस्ता सम्पत्तीहरुको खोजेर त्यसमा लगानी गर्नु नै सफल हुने चाल हो। उनी भन्छन्, 'जब बजारले त्यसको भ्यालु बुझ्छ, त्यसको मूल्य बढ्छ र त्यो नै पैसा भित्र्याउने र भाग्य बनाउने समय हो।' उनी भन्छन् कि सावधानीपूर्वक विचार गरी स्टक छनौट गर्नु र यिनीहरुले बजारमा औषतभन्दा राम्रो प्रदर्शन गर्छ भन्ने विचार सही पनि हुनुपर्छ। आइकान लगानीमा सफलताको फ्रिक्वेन्सीभन्दा धेरै म्यागनेच्युडले फरक पर्ने बताउँछन्।

६) आफ्नो ‘बेष्ट आइडिया’ मा ठूलो दाउ खेल्नुहोस्

लगानीकर्ताहरुले आफुले खरिद गरेका हरेक स्टकको पछाडि दरिलो विश्वास गर्न सक्नुपर्छ। यदि कोही लगानीको विषयमा निश्चित छ भने त्यसबाट नाफा कमाउनका लागि उसले ठूलोभन्दा ठूलो खरिद गर्नुपर्छ। आइकान उनीहरुको लगानीलाई विश्वासले डोर्याउन दिन सल्लाह दिन्छन्।

७) दीर्घकालिन र सक्रिय लगानीकर्ता बन्नुस्

आइकान भन्छन्, 'लगानीकर्ताहरु सक्रिय ट्रेडर मात्र नभई दीर्घकालिन लगानी पनि हुनुपर्छ। लगानीकर्ताहरु एकै समयमा सक्रिय ट्रेडर र दीर्घकालिन लगानीकर्ता बन्न सक्छन्।' उनी भन्छन्, दीर्घकालको लागि लगानी गर्नु बुद्धिमानी र नाफामुलक छ र लामो समयसम्म होल्ड गर्ने जो कोहीले पनि राम्रो प्रतिफल प्राप्त गर्न सक्छन्। उनी भन्छन्, सर्ट टर्ममा नाफाकाे लागि जो कोही पनि जोखिम लिन तयार हुनुपर्छ, किनभने नाफाका लागि सर्ट पोजिसन लिनु लङ्ग पोजिशन लिनु जत्तिकै बुद्धिमानी हुन्छ।

८) लचिलो हुनुहोस् र परिस्थितिलाई अनुकुल बनाउनुस्

आइकान भन्छन्, 'योजना भयो भने बजारका विभिन्न परिस्थितिसँग लड्न सजिलो हुने भएपनि बजार अप्रत्याशित भएका कारण लगानीकर्ताहरुले सो योजनामा केही लचकता अपनाउनु पर्छ।' लगानीकर्ता विभिन्न परिस्थितिहरुलाई अपनाउनका लागि तयार हुनुपर्ने र रियल टाइम अनुसार कार्य गर्न सक्ने हुनुपर्छ। उनी लगानीकर्ताहरुलाई अवसरका लागि सँधै खुला हुन सल्लाह दिन्छन्, किनभने यसले उनीहरुलाई लचिलो रहन र नयाँ सूचनाको प्रतिफल प्राप्त गर्न सहयोग पु¥याउँछ।

९) लगानी यात्राको आनन्द लिनुहोस्

सँधै पैसा बनाउने मात्र सोच्नुभन्दा पनि लगानी यात्राको आनन्द लिनु बढी महत्वपूर्ण छ। आइकान लगानीकर्ताहरुलाई आफुले गरेको कार्य मन पराउन र लगानीको कलाको स्वाद लिन सल्लाह दिन्छन्। ‘म जीत पछिको आन्दमय जीवन भन्दा पनि शिकार गर्न मन पराउँछु,’ आइकान भन्छन्।

आइकानले आफ्ना स्मार्ट लगानीका तरिकाहरुले एक बेन्चमार्क सेट गरेका छन् जसलाई विश्वभरीका लगानीकर्ताहरुले अध्ययन गर्छन्। उनी सहासी निर्णय लिनबाट कहिल्यै पछि हट्दैनन् र आफुलाई नाफा कमाउछ भन्ने लागेको कम्पनीमा लगानी गर्छन्। उनले शेयर गरेका यी टिप्सहरुले लगानीकर्ताहरुलाई धन वृद्धि गराउन र दीर्घकालिन सफलता दिलाउन मद्दत पुग्नेछ।

(द इकोनोमिकटाइम्सबाट अनुवादित)

(तस्वीरः फर्चुन डटकम)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।