बिहीबार थप १७१ जनामा कोभिड १९ पुष्टि, खोप लगाउनेकाे कुल संख्या १,५८,४८७ पुग्याे

Feb 04, 2021 06:02 PM Merolagani



नेपालमा बिहीबार थप १७१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । तीन हजार ८७८ नमुना परिक्षणमध्ये ११२ जना पुरुष र ५९ जना महिलामा संक्रमण देखिएको हो । जसमध्ये काठमाडौं उपत्यकाका ७८ जना रहेका छन् ।

थपिएका संक्रमितमध्ये काठमाडौंका ६१ जना, ललितपुरका १३ जना र भक्तपुरका ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै मन्त्रालयले यस अवधिमा २२७ जनाले कोरोना संक्रमण जितेको पनि विवरण जारी गरेको छ । हालसम्म देशभरमा भएको २० लाख ८५ हजार ५७३ पसिीआर परीक्षणमा कुल दुई लाख ७१ हजार ६०२ जना कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये ९८.४ प्रतिशत अर्थात दुई लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भइसकेका छन् ।

२४ घण्टामा कोभिड १९ संक्रमित भई दुई जनाको निधन भएको छ । योसँगै देशमा निधन हुनेको कुल संख्या दुई हजार ३३ पुगेको छ ।

हाल क्वारेन्टिनमा हुने ९२ जना, संस्थागत आइसोलेसनमा रहने ७७० जना र सक्रिय संक्रमित दुई हजार २७७ जना रहेका छन् ।

नेपालभर बिहीबारसम्म २०१ खोप बुथहरुबाट कुल एक लाख ५८ हजार ४८७ जनाले खोप लागएका छन् । तीमध्ये प्रदेश नं १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बाग्मतीमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा आठ हजार ७२ र सुदूरपश्चिममा १० हजार ९०७ जनाले खोप प्राप्त गरेका हुन् ।

माघ २४ गतेसम्म चल्ने यस पहिलो चरणको खोप अभियानमा संलग्न हुन र गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।