सिभिल बैंकको मूल्य समायोजन

Feb 05, 2021 09:04 AM Merolagani



माघ २३ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक लिमिटेड (CBL) को शेयरमूल्य समायोजन गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

बोनस शेयर समायोजनपश्चात बैंकको शेयरमूल्य २१५ रुपैयाँ निर्धारण गरिएको छ। नेप्सेले बैंकको अघिल्लो कारोबार दिनको आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको शेयर २३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले सो लाभांश प्रस्ताव पारित गर्न फागुन ९ गते केन्द्रिय कार्यालयमा दशौँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले सो सभामा अनलाइन प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।