शुक्रबार देशभरको मौसममा बदली, शनिबार केहि स्थानमा वर्षाकाे सम्भावना

Feb 05, 2021 04:02 PM Merolagani



शुक्रबार देशभरको मौसममा बदली देखिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज गण्डकी ,लुम्बिनी, कर्णली र सूदूर पश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको छ । यस्तै प्रदेश नं १ र बाग्मती प्रदेशमा पनि वर्षाको पुर्वानुमान गरिएको छ । उच्च हिमाली भेगमा भने हल्का देखि मध्यम हिमपात हुन सक्ने अनुमान रहेको छ ।

नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार पनि सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागहरुमा सामान्य बदली रहने पुर्वानुमान गरिएको छ ।

यस्तै प्रदेश १ का अधिकांश स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना पनि रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहने महाशाखाले जानकारी दिएको छ ।

 

आइतबार भने देशका पहाडी भूभागहरुमा आंशिक वदली रहेपनि वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आंकलन गरिएको छ । त्यस दिन विशेषगरी प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका केहि स्थानमा माैसममा बदली हुने बताइएकाे छ । 




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।