बुधबार ३,५६७ पीसीआर परीक्षणमध्ये १३४ जनामा कोरोना पुष्टि, निधन हुनेकाे संख्या सून्य

Feb 10, 2021 08:57 PM Merolagani



बुधबार देशभरमा १३४ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा भएको ३ हजार ५६७ पीसीआर परीक्षणमा सो पुष्टि भएको हो । पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ६५ जना रहेका छन्। काठमाडौंका ५५ जना, ललितपुरका ४ जना र भक्तपुरका ६ जनामा संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ११८ जना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म देशमा संक्रमित हुनेको संख्या दुई लाख ७२ हजार ३४९ र कोरोना निको भई डिस्चार्ज हुनेको संख्या दुई लाख ६८ हजार ५४९ रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

गत एक दिनमा कुनै पनि कोरोना संक्रमितको मृत्यु दर्ता भएको छैन । मंगलबारसम्ममा भने नेपालमा कुल २ हजार ४७ कोरोना संक्रमितको निधन भइसकेको छ ।

हाल सक्रिय संक्रमित एक हजार ७५३ जना, क्वारेन्टिनमा ८८ जना र संस्थागत आइसोलेसनमा ८४६ जना रहेका छन् । नेपालमा बुधबारसम्ममा कुल २१ लाख ४ हजार ६२६ पीसीआर परीक्षण भइसकेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।