विद्युत बिक्री आम्दानी घटेसँगै युनाइटेड मोदीको नाफा घट्यो

Feb 11, 2021 01:12 PM Merolagani



युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ९ लाख रुपैयाँ अर्थात ७६.४६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खर्च बढेपछि खुद नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १७ करोड ६१ लाख रुपैयाँबाट घटेर १५ करोड ६२ लाख रुपैयाँमा झरेको छ। यस त्रैमासमा पानीको बहाव कम भएकोले कम विद्युत उत्पादन भएको र नेपाल विद्युत प्राधिकरणबाट प्राप्त हुँदै आएको सूचीकृत दर २०७६ मंसिर ९ गतेदेखि समायोजन भइ पुरानै विद्युत खरिदबिक्री सम्झौतामा कायम दर भएकोले विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ५० पैसा रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।