अब पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ

Feb 11, 2021 01:31 PM Merolagani



अब कोभिड १९ पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ नमुना परीक्षणका लागि एक हजार रुपैयाँ निर्धारण गरेको हो ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धित बैठकले सो निर्णय गरेको हो ।

यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।