अब पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ

Feb 11, 2021 01:31 PM Merolagani



अब कोभिड १९ पीसीआर परीक्षणको शुल्क एक हजार रुपैयाँ लाग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ नमुना परीक्षणका लागि एक हजार रुपैयाँ निर्धारण गरेको हो ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धित बैठकले सो निर्णय गरेको हो ।

यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड १९ पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकेको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।