नेपालमा थप १२७ जना कोरोना संक्रमित थपिए, ४,००० पीसीआर परीक्षणमध्ये उपत्यकाका ५९ जनामा पुष्टि

Feb 12, 2021 05:34 PM Merolagani



नेपालमा थप १२७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । २४ घण्टामा भएको चार हजार पीसीआर परीक्षणमा सो पुष्टि भएको हो । जसमध्ये ८० जना पुरुष र ४७ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित विवरण अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा काठमाडौं उपत्यकाका ५९जना रहेका छन् । काठमाडौंका ४४ जना, ललितपुरका १२ जना र भक्तपुरका ३ जना गरी सो संख्या पुगेको हो ।

यसैगरी २४ घण्टामा कोरोना संक्रमण जित्नेको संख्या १३६ रहेको छ । हालसम्म देशभरमा कोरोनामुक्त हुने दुई लाख ६८ हजार ७९६ जना रहेका छन् । यस्तै कुल २१ लाख ११ हजार ६४९ नमुना परीक्षण हुँदा संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५७ जना रहेको छ ।

मन्त्रालयले दिएको तथ्यांक बमोजिम एक दिनमा २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कुल दुई हजार ५४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

हाल मुलुकमा सक्रिय संक्रमित हुनेको कुल संख्या एक हजार ७१७,संस्थागत आइसोलेसनमा रहने एक हजार चार र क्वारेन्टिनमा रहेनेको कुल संख्या ७९ रहेको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।