फरवार्डको शेयरमूल्य समायोजन

Feb 17, 2021 08:34 AM Merolagani



फागुन ५ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FOWAD) को शेयरमूल्य समायोजन भएको छ।

माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। माइक्रोफाइनान्सको समायोजित मूल्य २ हजार ६७८ रुपैयाँ तोकिएको छ। माइक्रोफाइनान्सको अघिल्लो कारोबार दिन अर्थात मंगलबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन भएको हो। मंगलबार माइक्रोफाइनान्सको शेयर प्रतिकित्ता ३ हजार ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

माइक्रोफाइनान्सको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर सहित ६.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न लघुवित्तले फागुन २१ गते, शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय, दुहवी, सुनसरीमा आठौँ वार्षिक साधारण सभा डाकेको छ। सोही प्रयोजनार्थ माइक्रोफाइनान्सले आज बुकक्लोज गरेको हो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।