करिब ६ हप्तापछि जेफ बेजोस बने विश्वका सबैभन्दा धनी

Feb 17, 2021 04:03 PM Merolagani

एमेजनका जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। बेजोसले टेस्लाका सीईओ एलन मस्कलाई पछि पारेर पहिलो नम्बरमा आफ्नो स्थान बनाएका हुन्।

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सको रिपोर्ट अनुसार मस्कलाई दाेश्राे र बिल गेट्सलाई तेश्राे स्थानमा पार्दै बेजाेस सर्वाधिक धनी अर्बपति बन्न सफल बनेका हुन्।

टेस्लाको शेयरमा २ प्रतिशत गिरावट

उक्त रिपोर्टका अनुसार मंगलबार टेस्लाको शेयर २.४ प्रतिशतले गिरावट भएर ७९६.२२ डलरमा कारोबार बन्द भएको थियो। यसकारण मस्कको सम्पत्तिमा ४.६ डलरले कमी आएको छ।

जेफ बेजोस निरन्तर तीन वर्षदेखि पहिलो स्थानमा रहि आएका थिए। पछिल्लो महिना भने उनी पछि परेका थिए। उनको नेटवर्थ सो समयमा १९१.२ अर्ब डलर रहेको थियो। एलन मस्क भने करिब ६ हप्तासम्म सर्वाधिक धनी व्यक्तिको स्थानमा रहेका थिए।

एमेजनको शेयर निरन्तर बढ्दै

बेजोसको निजी सम्पत्ति बढ्नुको कारण एमेजनको शेयरमा आएको वृद्धि हो। पछिल्ला केहि वर्षमा एमेजनको शेयरमा उल्लेखनिय वृद्धि भएको छ। सन् २०१८ मा बेजोसको सम्पत्ति पहिलो पटक २०० अर्ब डलरभन्दा माथि थियो।

मस्क यस वर्ष केहि ठूला घटनाहरुका कारण चर्चामा रहेका छन्। उनको एक ट्वीटले गेमस्टप कर्पको शेयरमूल्य आकाशिएको थियो। भर्खर मात्र उनले बिटक्वाईन पनि किनेका छन्। यद्यपी मंगलबार बिटक्वाईनको मूल्य पहिलो पटक ५० हजार डलरभन्दा माथि उक्लेको थियो। मस्कले यस क्रिप्टोकरेन्सीको १.५ अर्ब डलर कायम राख्ने बताएका कारण पनि यसको मूल्य बढेको थियो।

टेस्लाको शेयर जनवरी २६ देखि हालसम्ममा १० प्रतिशत घट्यो

सामाजिक संजालमा मस्क लगातार चर्चामा रहेता पनि जनवरी २६ पछि टेस्लाको शेयर १० प्रतिशत भन्दा बढिले घटेको छ। यद्यपी पछिल्लो १२ महिनामा टेस्लाको शेयर ५३ प्रतिशतले शेयर बढेको थियो।

यस महिना मात्र एमेजनले बेजोस अब सिइओ नरहने घोषणा गरेको थियो। मस्कको पदत्याग पछि सिईओ एन्डी जेस्सी बन्ने भएका छन्। बेजोस अब आफ्नै अन्तरिक्ष कम्पनी ब्लू ओरिजिन र वाशिंगटन पोष्ट पत्रिकामा केन्द्रित हुनेछन्।

मस्कको स्पेस एक्स हाल रकम जुटाउने योजना बनाउँदै छ। यसले ९२ अर्ब डलर मूल्यांकनको आधारमा रकम जुटाउन लागेको हो। हाल यसको मूल्य ४५ अर्ब डलर छ।

मस्कको सम्पत्ति २०५० करोड डलर बढ्यो

टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति यस वर्ष दुई हजार ५० करोड डलरले बढोत्तरी भएको छ। जेफ बेजोसको सम्पत्ति भने ८८.४० करोड डलरले बढेको छ।

उक्त रिपोर्ट अनुसार विश्वका सर्वाधिक पाँच धनी व्यापारीमा बिल गेट्स तेश्रो स्थानमा रहेका छन्। उनको सम्पत्ति १३ हजार ७०० करोड डलर रहेको छ।

चौथो स्थानमा भने बर्नाड आर्नो छन्। यस्तै पाचौँ स्थान १० हजार ४०० डलरका मालिक फेसबुकका मार्क जुकरबर्गले बनाएका छन्।

रिलायन्स इन्डस्ट्रीजका मालिक मुकेश अम्बानी भने शीर्ष १० अर्बपतिहरुको सूचीबाट बाहिरिएका छन्। अम्बानीको कुल सम्पत्ति ७ हजार ९७० करोड डलर छ र उक्त सूचीमा उनी ११ औं स्थानमा पर्दछन्। अम्बानीको सम्पत्ति यस वर्ष ३०३ करोड डलरले बढेको छ। यद्यपी अघिल्लो वर्ष आरआईएलमा उल्लेखनिय वृद्धि र जियोमा भारी लगानी गरेका कारण मुकेश अम्बानी धनी व्यक्तिहरुको सूचीमा पाचौँ स्थानमा पुगेका थिए।

(दैनिक भाष्करबाट अनुवादित ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।