पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश

Feb 17, 2021 05:28 PM Merolagani

हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा आज हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोवि अफ मनि’ को सारंश प्रस्तुत गर्दैछौँ। यस पुस्तकले पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्दछ।

सारंशः मोर्गन हाउसलले सन् २०२० मा लेखेको पुस्तक ‘द साइकोलोजि अफ मनि’ ले मानविय व्यवहारको लेन्समार्फत व्यक्तिगत वित्तको परीक्षण गर्दछ। यो चलनचल्तीको विषयमा नयाँ कदम हो, धेरै व्यक्तिगत वित्त पुस्तकहरु बाह्य विचारहरुमा केन्द्रित छन्, उदाहरणका लागि शेयरबजारले कसरी काम गर्छ? शेयर कसरी छनौट गर्ने? पोर्टफोलियो निर्माण कसरी गर्ने? आदि।

हाउसलको केन्द्र भनेको मानिस र पैसा विचको सम्बन्ध हो। ‘मानिसहरु आफुलाई किन कर्जामा डुबाउँछन् भन्ने जान्नका लागि ब्याजदरको अध्ययन गर्नु आवश्यक छैन, त्यसका लागि लोभ, असुरक्षा र र आशावादको इतिहासको अध्ययन गर्न आवश्यक छ।’

हाउसलको दृढ विश्वास छ कि वित्तीय सफलताको खोजिमा व्यवहारले अन्य विचारहरुलाई प्रभावित पार्दछ। पैसालाई राम्रोसँग उपयोग गर्नुसँग तपाई कतिको स्मार्ट हुनुहुन्छ भन्ने कुराको खासै सम्बन्ध हुँदैन तर तपाई कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुराको गहिरो सम्बन्ध हुन्छ। सही व्यवहारमा सहभागि हुनुहोस् र तपाई सफल बन्न सक्नुहुनेछ। त्यसैगरी, विवेक नहुनु, कम विवेक हुनु अथवा भित्रि खबरले तपाईलाई खराब व्यवहारबाट बचाउँछ।

यस पुस्तकको प्रत्येक पहिलो १८ अध्यायले व्यक्तिको पैसा प्रतिको व्यवहार र दृष्टिकोषलाई उजागर गर्दछ। केही व्यवहारले सकारात्मक नतिजा ल्याउन सक्छ तर, अन्यले असफलता सुनिश्चित गर्दछ। उदाहरणको लागि, पहिलो अध्याय, ‘नो वान इज क्रेजी’ ले हाम्रो व्यक्तिगत अनुभावको सीमामा हाम्रो बुझाइको सीमा विषयमा केन्द्रित छ। सोच्नुहोस कि हामी सबै एउटा ठूलो स्कीममा सामेल छौँ र हामीसँग कुनै त्यस्तो दुःखको अनुभव छैन।

पैसासँग तपाईको व्यक्तिगत अनुभवहरु संसारमा के भयो? भन्ने कुरासँग ०.००००००००१ प्रतिशत सम्बन्धित हुन सक्छ, तर विश्वले कसरी काम गर्छ भन्ने सोच्नुहुन्छ त्यसको ८० प्रतिशत सम्बन्धित हुनसक्छ। अर्को शब्दमा भन्नुपर्दा, प्रत्यक्ष ज्ञान र हामी कसरी संसारप्रतिको भावना बनाउनमा सीमित अन्तरदृष्टि प्रयोग गर्छौँ, त्यसमा धेरै अन्तर छ। हाम्रा अनुभवले हाम्रा निर्णयहरुलाई रंग दिन्छ, तर त्यस निर्णयको जग शंकास्पद, अपूर्ण र अन्धकारले भरिएको हुन्छ।

उदाहरणका लागि, विभिन्न दशकहरुमा जन्मिएका अलग अलग मानिसहरु र स्टक मार्केटप्रति उनीहरुको दृष्टिकोणलाई विचार गर्नुहोस्, एक सन् १९५० मा जन्मिएको र दोस्रो १९७० मा। पहिलो व्यक्ति, एक किशोर र युवा वयस्कको रुपमा १९६०–७० दशकको एनिमिक शेयर बजारको प्रतिफल (एकल अंकको प्रतिफल) देखेको होला। दोस्रो व्यक्तिले, युवाको रुपमा सन् १९८०–९० दशकको दोहोरो अंकको प्रतिफल दिने शेयर बजार देखेको होला। पछिल्लो व्यक्ति इक्विटी प्रति बुलिश दृष्टिकोणको साथ युवा अवस्थामा प्रवेश गर्ने अधिक सम्भावना छ। पहिलो व्यक्ति शेयर बजारको दुई दशकको नगण्य प्रतिफल देख्ने सम्भावना छ। पाठः तपाई आफ्नो निर्णय लिने प्रक्रियामा व्यक्तिगत अनुभवको प्रभावलाई नकार्न सक्नुहुन्न (न त तपाई परिस्थितिहरुको पृथक सेटलाई नकार्न सक्नुहुन्छ जुन अरुले गरेको निर्णयलाई प्रभावित गर्छ)।

हाउसलको पुस्तक यस्तै पाठहरुले भरिएको छ। केही पाठले हामीलाई निश्चित व्यवहारबारे सचेत गराउँछ भने, अन्यले हाम्रो फाइदाजनक बानीलाई सिंगार्न हौसला दिन्छ। यी पाठहरुको सुन्दरता यो हो कि यो सबैको लागि सुलभ छ, यो उच्च आम्दानी भएका या डिग्री हासिल गरेका सम्भ्रान्त वर्गको अधिन छैन। यस पुस्तक अध्ययन गरिसकेपछि तपाईले लगानी उपकरणहरु, सम्पत्ती बाँडफाँट वा कर लाभ रणनीतिहरुको बारेमा गहन ज्ञान पाउनुहुन्न। यद्यपि, यसले पैसासँग तपाईको सम्बन्ध र व्यक्तिगत वित्तको सम्बन्धमा तपाईको दृष्टिकोणमा सुधार ल्याउनेछ।

यो गाह्रो छैन, हाउसल आश्वासन दिन्छन्, वित्तीय धनका लागि केबल अनुशासन, धैर्य र रचनात्मक व्यवहारको आवश्यकता छ।

परिचयः पृथ्वीको सबैभन्दा ठूलो कार्यक्रम

यो पुस्तकको आधार यो हो कि तपाई पैसालाई कति राम्रोसँग प्रयोग गर्नुहुन्छ भन्ने कुराको तपाई कत्तिको स्मार्ट हुनुहुन्छ भन्ने कुरासँग खासै सम्बन्ध छैन तर तपाई कसरी व्यहार गर्नुहुन्छ भन्नेसँग गहिरो सम्बन्ध छ।

‘एक विद्वान जसले आफ्नो भावना नियन्त्रण गर्न सक्दैन, ऊ वित्तीय रुपमा भयावह हुनसक्छ। त्यो ठिक उल्टो पनि सही नै हुन्छ। वित्तीय शिक्षा बिनाको सामान्य मानिस पनि धनी हुन सक्छ, यदि उसँग व्यवहार सीप एक मुठ्ठीभर छ भने उसलाई बुद्धि मापनको औपचारिकतासँग कुनै मतलब हुँदैन।’
दुई फरक उदाहरणः

रोनाल्ड जेम्स रिडः ग्यास स्टेशन परिचारक, चौकीदार र अमेरिकी परोपकारी। जीवनभर बचत गर्यो, पिडित जीवन बितायो र मर्ने बेलासम्ममा ८ मिलियन नेटवर्थ बनायो।

रिचार्ड फस्कनः हवार्डमा अध्ययन गरेका मेरिल्ल लिन्चका एक्जिक्यूटिभ। भारि ऋण लिई भब्य खर्च गरे, २००८ को वित्तीय संकटमा पर्यो, बैंकरप्ट घोषित गरियो।

रोनाल्ड रिड धैर्यवान् थिए, रिचार्ड लोभी। यो नै यी दुई बीचको ठूलो शिक्षा र अनुभवलाई ग्रहण लगाउने कुरा बन्यो।

दुई स्पष्टिकरण जसले रिड र फस्कनको जस्तै कथाको अस्तित्व वर्णनः

‘वित्तीय सफलता हुनै गाह्रो विज्ञान होइन। यो नरम कला हो, जहाँ तपाईलाई के थाहा छ भन्दा कस्तो व्यवहार गर्नुहुन्छ त्यो महत्वपूर्ण हुन्छ।’

केही कुरा कसरी गर्ने भन्ने थाहा पाउनु मात्रै पर्याप्त छैन। धेरै परिस्थितीहरुमा तपाई भित्री भावना र मानसिक तनावसँग लड्नु आवश्यक छ जसले तपाईको योजनाबद्ध कार्यलाई प्रभाव पार्न सक्छ।

हामी पैसाको बारेमा मनोविज्ञानजस्तै नभई भौतिक विज्ञानजस्तै (नियम र कानून सहित) सोच्छौँ र त्यस्तै सिकाइएको छ।

यो बुझ्नका लागि मानिसहरु आफैलाई कर्जामा डुबाउँछन्, तपाईलाई ब्याजदरको अध्ययन गर्न आवश्यकता छैन, तपाईलाई लोभ, असुरक्षा र आशावादको इतिहासका अध्ययन गर्ने आवश्यक छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।