सवारी ट्रायलकाे नयाँ प्रस्ताव मन्त्रालयमै अड्कियाे,पास भएर आए स्टेप आठमा गाडी घुमाउने झन्झट हट्ने

Feb 18, 2021 03:26 PM Merolagani



युवराज बस्नेत

गत पुस तेस्रो साता यातायात व्यवस्था विभागले हाल भइरहेको लाइसेन्स प्रक्रियालाई परिमार्जन गरी सवारी ट्रायल परिक्षालाई सरलीकृत गर्ने गरी एउटा प्रस्ताव तयार पार्यो । 

जुन प्रस्ताव थियो,चलिरहेको सवारी लाइसेन्स प्रयोगात्मक परिक्षालाई परिमार्जन गर्दै अंक प्रणालीमा आधारीत ट्रायल प्रणाली । नयाँ प्रणालीको ढाँचा र प्रस्ताव बाहिर आएपछि बषौंदेखि ट्रायल परिक्षा कटाउन नसकेका मात्रै होइनन नयाँ लाइसेन्स आवेदक र आवेदन दिन तयारी रहेका सेवाग्राहीसमेत खुसी भए ।

अहिले भइरहेको लाइसेन्स प्रक्रियाको अन्त्य हुने भएपछि उत्साह त हुने नै भयो । यातायात व्यवस्था विभागका युवा नेतृत्व अर्थात महानिर्देशक गोगन हमालको सक्रियतामा लाइसेन्स ट्रायल परिक्षाको ढाँचा परिवर्तन गरी नयाँ व्यवस्था लागू गर्ने गरी प्रक्रिया अघि बढाइयाे ।

सवारी अनुमति पत्र लाइसेन्स ट्रायलको नयाँ प्रणालीबारेकाे प्रकृया भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएर रोकिएको छ । यातायात विभागले एक महिना अघि ढाँचा तयार गरी मन्त्रालयमा पठाएको थियो तर यस बिषयमा थप प्रगति भएकाे छैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले प्रयोगात्मक परिक्षाको नयाँ प्रणालीको प्रस्ताव पठाएको १५ दिन भएको भने पनि मन्त्रालयमा सो प्रस्ताव गएको झन्डै डेढ महिना वित्न लागिसकेको छ । महानिर्देशक हमालले नयाँ प्रणालीको बिषयमा मन्त्रालयमा छलफल भइरहेको बताएका छन्।

‘विभागबाट प्रस्ताव गएको लगभग १५÷२० दिन भयो होला’ उनले भने ‘देशको राजनीतिक हलचलको कारण उक्त प्रस्ताव स्वीकृत हुन नसकेको हुनसक्छ’ । हमाल थप्छन ‘हामी  सेवाग्राहीले भोगेको समस्या र झन्झटिला प्रक्रियालाई प्रतिस्थापन गर्दै गएका छौं । ढिलो चाँडो भन्ने बिषय जहाँ पनि हुन्छ’ ।

तर,भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले भने राजनीतिक दौडधुपको कारण मन्त्रालयको काम कारवाहीमा ध्यान दिन सकेका छैनन् । उक्त बिषयमा पहिलो चरणको छलफल भएपछि रोकिएको छ ।


विभागले ट्रायल परिक्षाको लागि सय पूर्णाङ्क दिइने र विभिन्न स्टेप तोकेर ६० अंक ल्याउने प्रयोगात्मक परिक्षा पास हुन सक्ने प्रस्ताव तयार गरेको थियो ।

झन्झटिलो र कठिन प्रक्रियाको कारण अधिकांश सेवाग्राही फेल हुने र यातायात कार्यलयमा पुनः परिक्षाको लागि अत्याधिक भीडभाड हुने गरेको विभागको ठम्याइ छ । गत हप्ता मात्रै विभागले लिखित परिक्षा पास भएका ग्राहकको लागि तीन महिनाको समयलाई १८ महिना पुर्याएको छ ।

विभागको प्रस्ताव अनुसार हाल ट्रायल परिक्षामा आठ घुमाउनुपर्ने बाध्यात्मक अवस्था छ । तर नयाँ प्रस्ताव स्वीकृत भएपछि आठलाई विभिन्न चारणमा अंकका आधारमा विभाजन गरिने छ भने यु ट्रन, उकालो ओरालोको प्रक्रियालाईपनि अंकका आधारमै तोकिने तयारी छ ।

सेवाग्राहीका अनुसार सबैभन्दा कठिन स्टेप नै आठ घुमाउनु हाे । अधिकांश सेवाग्राही ट्रायल परिक्षामा आठ मै फेल हुने गरेका छन् । राजनीतिक हलचलका कारण यातायात व्यवस्था विभागको अंक प्रणाली तत्काल स्वीकृत नहुने संकेत देखिएको छ ।

विभागले सो प्रस्ताव तयार पारेपछि कतिपय सेवाग्राही अंक प्रणालीमा ट्रायल परिक्षा सजिलो हुने भन्दै कुरेर समेत बसिरहेका छन् । यो व्यवस्था लागू भएपछि ट्रायल परिक्षामा सक्रिय हुने विचौलिया प्रत्यक्ष प्रभावित हुने बताइएको छ ।

मालपोतपछि सबैभन्दा बढी चलखेल हुने यातायात क्षेत्रमा विभागको सो प्रस्ताव लागूभएको खण्डमा विचौलियासँगै भीडभाडकोपनि अन्त्य हुने विभागले जनाएको छ । यो व्यवस्थाले यातायात क्षेत्रको ठूलो समस्या हलहुने विश्वास लिइएको छ ।

कारोना भाइरस संक्रमणको कारण बन्द भएको लाइसेन्स आवेदन १० महिनापछि खुलेपछि पछिल्लो समय अत्याधिक चाप बढेको छ । सेवाग्राहीले ट्रायल परिक्षा दिनकै लागीपनि चारदेखि पाँच महिना कुर्नुपर्ने बाध्यता छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।