फेसबुक र अष्ट्रेलियन सरकारबिच बढ्दो द्धन्द्ध , नयाँ कानुनको विरोधमा समाचार शेयर गर्न प्रतिबन्ध

Feb 18, 2021 02:41 PM Merolagani



फेसबुक र अष्ट्रेलियन सरकारकाबीच समाचार सामग्रीको भुक्तानीका विषयमा द्धन्द्ध चर्किरहेको छ ।फेसबुकले नयाँ कानुनको विरोध गर्दै अष्ट्रेलियाका विपक्षी नेताहरुका अकाउन्ट,स्वास्थ्य विभाग र मौसम विभागको पेज पनि प्रतिबन्ध गरिदिएको छ । त्यस्तै फेसबुकले अष्ट्रेलियामा आफ्नै पेज पनि ब्लक गरेको छ ।

अष्ट्रेलियाका पब्लिसरले फेसबुकमा समाचार सामग्री सार्वजनिक गर्न सक्नेछन् तर अष्ट्रेलियनहरुले लिंक तथा पोष्ट पढ्न वा शेयर गर्न नसक्ने फेसबुकले जनाएको छ । अर्थात् अष्ट्रेलियन फेसबुक प्रयोगकर्ताहरुले अष्ट्रेलियाको वा अन्तरराष्ट्रिय समाचार शेयर गर्न असमर्थ छन् । यसबाहेक अन्तरराष्ट्रिय प्रयोगकर्ताहरुले पनि अष्ट्रेलियाका समाचार शेयर गर्न सक्ने छैनन् । यस प्रतिबन्धका कारण अष्ट्रेलियाको आकस्मिक सेवामा अत्यन्त नकरात्मक असर परेको छ ।

फेसबुकले किन गर्यो नयाँ कानुनको विरोध ?

वास्तवमा फेसबुक सीनेटमा आएका कानुनको विरोध गरिरहेको छ जसअन्तर्गत फेसबुक र गुगलले समाचार एजेन्सीका समाचार शेयर गर्दा रकम तिनुपर्नेछ । फेसबुकका रीजनल म्यानेजिंग डाइरेक्टर विलियम ईस्टनले प्रस्तावित कानुनले मुलरुपमा फेसबुकको प्रयोग समाचार शेयर गर्नकालागि मात्र गर्नेहरुले फेसबुकको प्लाटफर्म र पब्लिशरहरुको सम्बन्धलाई गलत ढंगले शेयर गरेको बताए । अष्ट्रेलियाका संचार मन्त्री फ्लेचरले भने सरकार आफ्नो फैसलाबाट पछि नहट्ने जानकारी दिए ।

फेसबुक र गूगलले प्रस्तावित कानुनको विरोध गरे

हाल अष्ट्रेलियन संसदले प्रस्तावित कानुनहरुका विषयमा बहस गरिरहेको छ जसले दुई प्लाटफर्मका हड्ताललाई अष्ट्रेलियन समाचार भुक्तानीमार्फत सम्झौता गराउन सक्दछ । यी दुबै प्लाटफर्महरुले प्रस्तावित कानुनको निन्दा गरेका छन् । गुगलले आफ्नो सर्च इन्जिनलाई पनि बन्द गर्ने चेतावनी दिएको छ । यद्यपी गुगलले आफ्नो शेकेस मोडलका अनुसार अष्ट्रेलियन समाचार मिडिया कम्पनीकासाथ भुक्तानीसम्बन्धि सम्झौता गर्दैछ । फेसबुकको तुलनामा गुगलको व्यापार मोडलमा समाचारले ठुलो भूमिका खेल्दछ ।

अष्ट्रेलियनहरुले चलाए 'बोयकट फेसबुक' अभियान

फेसबुक प्रयोगकर्ताहरुमाथि समाचार पढ्न तथा शेयर गर्नमा प्रतिबन्ध लगाइएपछि हाल अष्ट्रेलियाका नागरिकहरुले फेसबुक बहिस्कार गरिरहेका छन् । प्रयोगकर्ताहरुले फेसबुक कम्पनीलाई दबाब दिनकालागि 'डिलिट फेसबुक' नामक अभियान संचालन गरिरहेका छन् । ट्वीटरमा #deletefacebook, #FacebookWeNeedToTalk, #BoycuttZuckerberg जस्ता ह्यासट्याग ट्रेन्डिंगमा रहेको छ । कैयौँ मानिसहरुले आफ्नो फेसबुक एपलाई हटाइ पनि सकेका छन् ।

(दैनिक भाष्करबाट अनुवादित ।)

 




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।