हुँदै नभएको शेयर इडीआईएस गर्न मेरो शेयरमा कसरी आयो ?

Feb 18, 2021 06:26 PM Merolagani



शेयर हुदै नभएको कम्पनीको शेयर इडीआइएस गर्न मेरो शेयरमा देखिएको छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयर इडीआइएस गर्न अधिकाँश लगानीकर्ताहरुको मेरो शेयरमा देखिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरको सिस्टममा खराबी आएपछि त्यस्तो त्रुटि देखिएको मेरोलगानीलाई जानकारी गराएकाे छ ।

‘मेरो शेयरको सिष्टममा प्रविधिक समस्या देखिएपछि त्यस्तो त्रुटि देखिएको हो । हामी त्यसलाई तत्काल समधान गर्न लागि रहेका छौं ।’ सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले भने । अहिले मेरो शेयरकाे सर्भर डाउन गरेर काम भैरहेको उनले जानकारी गराए ।

बिहिबारको बजार बन्द भएपछि अधिकाँस लगानीकर्ताहरुको मेरो शेयरमा इडीआइएस गर्न एनसीसी बैंकको १५० कित्ता शेयर देखिएको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।