दुई कम्पनीको शेयरमूल्य समायोजन

Feb 19, 2021 08:48 AM Merolagani



फागुन ७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले लाइफ इन्स्योरेन्स (LICN) को १० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको समायोजित मूल्य २ हजार ५०५ रुपैयाँ तोकिएको छ। इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन भएको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता २ हजार ७५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते साधारण सभा डाकेको छ।

त्यसैगरी, नेप्सेले यस दिन नेरुडे लघुवित्त (NLBBL) को ८ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। नेप्सेले लघुवित्तको समायोजित मूल्य १ हजार ३६४ रुपैयाँ तोकको हो। अघिल्लो कारोबार दिन लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४७३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश पारित गर्न लघुवित्तले फागुन २२ गते वार्षिक साधारण सभा बोलाएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।