सात महिनामा २४ अर्बको मोबाइल फोन भित्रिए,मासिक आयात हुने १० लाख मोवाइल सेटमा २ लाख ५० हजार सेट अवैध

Feb 19, 2021 03:25 PM Merolagani

चालु आर्थिक बर्ष २०७७÷०७८को सात महिनामा २४ अर्बको मोबाइल फोन भित्रिएको छ । कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएपछि अनलाइन क्लास र अनलाइन क्रियाकलाप ह्वातै बढेपछि नेपालमा मोबाइल आयात बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको ४३ लाख ६८ हजार सेट मोबाइल फोन भित्रिएको हो ।

गत बर्ष सोहि अबधिमा १३ अर्ब तीन करोडको ३३ लाख ३५ हजार सेट मोबाइल आयात भएको थियो । गत बर्षको तुलनमा यो बर्ष ११ अर्बको १० लाख सेट फोन बढी आयात भएको तथ्याङ्कमा उल्लेख छ । २०७६÷७७को सात महिनमा १३ अर्ब रुपैयाँको ३३ लाख सेट मोबाइलफोन नेपाली बजारमा भित्रिएको थियो ।

किन बढ्यो मोबाइल आयात ?

नेपाल माबाइल आयातकर्तासंघका उपाध्यक्ष सञ्जय अग्रवालले कोभिडपछि अधिकांश अनलाइन कन्टेन्ट मै झुमिएको कारण मोबाइल मार्केट बढेको र आयात बढी भएको बताए ।

‘कोरोना भाइरसका बन्दाबन्दी भएपछि निजी स्कुल तथा कलेजहरुले अनलाइन क्लासलाई फोकस गरे र अहिलेपनि अनलाइन मार्फत नै पढाइ भइरहेको छ’ उनले भने ‘लकडाउनमा सबै मानिसको साथी मोबाइल नै बन्यो नहुनेले पनि दशैं तिहारमा मोबाइल किन्नेका लर्को लाग्यो’ ।

जसको कारण मोबाइल आयात उलेख्य बढेको अग्रवालको भनाई छ । सरकारले अवैध मोबाइल आयात रोक्ने प्रणाली स्थापना गर्न ढिलाइ गरेको कारण नेपालमा ग्रे मार्केट बढेको व्यवसायी बताउँदै आएका छन ।

अग्रवाल भन्छन‘नेपाल दूरसञ्चार प्राधिकरणको कमजोरीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) प्रणाली स्थापना कहिले हुने हो टुङ्गो छैन । प्राधिकरणले अबको तीन महिना भित्र एमडिएमएसको काम सक्ने प्रतिवद्धता दिएको छ’ ।

अहिले चीन,भारत, भियतनाम लगाएतका देशबाट सबैभन्दा बढी स्मार्टफोन आयात भइरहेका छन् । नेपालमा पछिल्लो समय सामसुङ्, एमआई, ओप्पो, भिभो ब्रान्डकै स्मार्टफोनको दबदबा कायम छ ।

नेपालमा मासिक आयात हुने १० लाख मोवाइल सेटमध्ये २ लाख ५० हजार सेट अवैध हुने गरेको मोबाइल व्यवसायी बताउँदै आएका छन् । अवैध बाटोबाट ल्याएर बजारमा पु¥याइएका यी मोवाइलको बिक्रीले सरकारको राजस्वमा मासिक करीब ७ अर्व घाटा भएको व्यवसायीहरुको दावी छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइलको अनधिकृत (ग्रे) बजार नियन्त्रण गर्ने सरकारको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको र आगामी तीन महिनामा एडिएमएस सिस्टम कार्यान्वयनमा आइसक्ने बताए ।

ग्रे बजार बढेको स्वीकार गर्दै उनले एमडिएमएस कार्यान्वयनमा आइसकेपछि हरेक मोवाइल सेट प्राधिकरणमा दर्ता गरेर मात्र प्रयोगमा ल्याउन सकिने उनको भनाई छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।