ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ रिजल्ट मेरोलगानीमा यसरी हेर्नुहोस्

Feb 19, 2021 01:50 PM Merolagani



ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँड भएको छ। कम्पनीकाे शेयर बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय उक्त शेयर बाँडफाँड भएको हो।

कम्पनीको आईपीओ आवेदन दिनेमध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले दुई जनाले ११ कित्ता पाएका छन् ।

हाइड्रोपावरको आईपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शिर्षक भित्र रहेको आईपीओ रिजल्ट  ( IPO RESULT) मा जानुहोस् ।

त्यसपछि आईपीओको नतिजा हेर्नुपर्ने ग्रीनलाइफ हाइड्रोपावर छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिनेछ ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।