कस्तो छ सोमबार सार्वजनिक हुने निशान म्याग्नाइट ?

Feb 20, 2021 02:24 PM Merolagani

आगामी फागुन १० गते नेपाली बजारमा निशान म्याग्नाइट सार्वजनिक हुँदै छ । नेपालका लागी निशान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजार मूल्य सहित सार्वजनिक गर्दै छ ।

एसयुभीको नयाँ अनुभूति लिन सकिने यो गाडी फरक विशेषता सहित नेपाली बजारमा आउँने भएको हो ।
पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान गाडीको नेपाली बजार र मूल्यवान ग्राहकहरुप्रतिको प्रतिवद्धताको प्रतिक नै नयाँ निसान म्याग्नाइटको लन्च हुने बताए ।

बिग, बोल्ड, आकर्षक र करिश्म्याटिक एसयूभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखी प्रतिक्षारत ग्राहकहरुका लागि अन्य थुप्रै अफरहरुका साथ आउने बताइएको छ ।

 

निशानले आफ्नो उत्पादकत्वको विकास गर्दै मेक इन इण्डिया, मेक फर द वलर््ड एसयूभीलाई विश्व बजारमा पुर्याउने क्रममा नेपाल पहिलो अन्तर्राष्ट्रिय बजार बनेको कम्पनीको भनाई छ ।

२०२० एक महत्वपूर्ण वर्षको रूपमा लिइएकाले भारतको बजारमा प्राप्त प्रतिक्रिया र सफलतालाई नेपाली बजारमा पनि दोहोर्याउने निशानको उद्देश्य तथा चहाना रहेको कम्पनीले जनाएको छ ।

निशान मोटर भारतका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार नयाँ निशान म्यागनाइट विश्व बजारको लागि भारतमा निर्मित गाडि हो ।

कस्तो छ गाडी ?

निशान म्याग्नाइट फरक बिशेषताका साथ नेपाली बजारमा भित्रिने छ । जसमा सीएमएफ ए प्लस प्लाटफममा आउने यो लोभलाग्दो डिजाइन, जुन अगाडीको भागले थप आकर्षित गर्छ । बी प्रोजेक्टर हेडल्याम्प, एलइडी लाईट र आई सेप्ट एलइड फग ल्यापले अगाडीको भागलाई अकर्षक बनाएको छ ।

पछाडीको भाड कालो र रातो मिक्सले गाडीमा ध्यान खिच्न अझ मद्दत पुग्छ । यो गाडीले फोर्ड इकोस्पोट, मारुती सुजुकी, हुन्डाइ भेन्यु लगाएत गाडीसँग प्रतिस्पर्धा गर्ने छ । खासगरी यो गाडीमा ककपिट इन्टरफेस डिजाइन, एबिएस फिचर, भिडिसी, ड्यूल फ्रन्ड एयर व्याग, २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

 

फिचर

निसान म्यागनाइटमा १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एस्पायर र अर्काे टर्बाेचार्ज्ड इन्जिन हुनेछ । ९९९ सिसि क्षमताको यो गाडीले ७१ बीपिएचमा ६२५० आरपीएम पावर जेनेरेट गर्छ ।

पाँच स्पिड म्यान्युयल गियर दिइएको छ भने ३३६ लिटर इन्धन क्षमता, प्रतिलिटर १८.७५ किलोमिटर माइलेज र पाँच सिटर क्षमता जस्ता फिचर यो गाडीमा रहेको छ । नेपाली बजारमा यो गाडी ओन्याक्स व्ल्याक, स्ट्रोम सेता, ब्राउन, सिल्भर लगाएतको कलरमा उपलब्ध हुँने छ । यो गाडी ११ भेरियन्टमा नेपाली बजारमा आएको छ । जसको मुल्य २९ लाख ४९ हजार देखि  ४२ लाख ७९ हजार सम्म पर्ने कम्पनीले जनाएको छ । 

यस्तो छ मूल्य सूची

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।