यस्तो रहेछ नेप्सेले दिनहुँ ’रेकर्ड ब्रेक’ गर्दै नयाँ उचाइ चुम्नुको कारण, सर्वसाधारणले ‘लेट्स प्ले स्टक मार्केट’ भन्न थाले

Feb 20, 2021 09:38 AM Merolagani

पछिल्लो समय सर्वसाधारण नागरिकले बैंकमा राखेको रकमको ब्याज ज्यादै कम पाउन थालेका छन् । बैंकमा सर्वसाधारणले राखेको रकमको ब्याज सरदर २ प्रतिशत मात्र पाउन थालेका छन् ।

तर, बजारबाट खरिद गरिने सामग्रीको भाउ दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई हेर्ने हो भने पनि गत पुसमा बजार मूल्य बृद्धि ३.५६ प्रतिशतले बढेको देखाएको छ ।

यसको अर्थ सर्वसाधारणले बैंकको बचत खातामा राखेको रकमबाट प्राप्त हुने ब्याजले मात्र बजारबाट बस्तु खरिद गर्न सकिने अवस्था छैन् । बैंकको ब्याजबाट प्राप्त हुने रकम भन्दा बढी तिरेर महंगो मूल्यमा बजारबाट बस्तु खरिद गर्नु पर्ने अवस्था छ ।

अहिले बैंकबाट प्राप्त हुने बचतको ब्याज भन्दा बजार भाउ उच्च भएका कारण सर्वसाधारणलाई घर व्यवहार चलाउन कठिन छ । यस्तो अबस्थामा बैंकमा राखेको रकमको ब्याजले घर ब्यावहार चलाउन कठिन हुने भएकाले बिकल्प खोज्न सर्वसाधारण बाध्य छन् ।

बैंकका राखेको रकमको ब्याजको अम्दानी भन्दा बजार भाउ बढी छ । यसले गर्दा सर्वसाधारणलाई तनाबले थिच्दै लगेको छ ।

बैंकले कम ब्याज दिन थालेपछि पछिल्लो समय बैंक तथा बित्तीय संस्थामा राखेको रकम झिकेर सर्वसाधारणले शेयर बजारमा लगानी गर्न थालेका छन् । शेयर बजारमा जोखिम बढी भएपनि लगानी गर्न थाल्दा नेप्सेले नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको हो ।

बैंकमा राखेको पैसाको ब्याज २ प्रतिशत पनि नआउने भएपछि लगानीकर्ता शेयर बजारतर्फ मोडिएको एक ब्रोकरले बताए । ‘बैंकको ब्याजदरले घरखर्च नचल्ने भएपछि जोखिम मोलेर भएपनि बैंकमा राख्ने रकम शेयर बजारमा लगानी गर्न थालका कारण शेयर बजारले दिनहुँ नयाँ रेकर्ड बनाउँदै आगाडि बढेको हो,’ उनले भने, ‘बैंकले ब्याजदर ज्यादै कम दिन थालेपछि बैंकमा रकम राख्ने सर्वसाधारणले ‘लेट्स प्ले स्टक मार्केट’ भन्न थालेकाले पनि शेयर बजार उकालो लाग्न पुगेको हो ।’

। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) प्रयाप्त मात्रमा भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् । जसका कारण शेयर बजार अझै उकालो लाग्न पुगेको हो ।

११०० अंक नजिक रहेको नेप्से २६३६.६८ अंकमा पुगेको छ । अहिले सर्वसाधारणले बैंकमा राख्ने रकम समेत झिकेर शेयर बजारमा लगानी गर्न थालेका छन् । सर्वसाधारणले मात्र होइन्, बैंकहरुले पनि अहिले धेरै रकम शेयर बजारमा लगानी गरिरहेका छन् । सबैतिरको रकम बजारमा आएपछि शेयर बजार उचाइमा पुगेको हो । शेयर बजार अझै उचाइमा पुग्ने अनुमान गर्न थालिएको छ ।

कोरोना भाइरसको खोप आएपछि शेयर बजारका साथै उद्योग, व्यापार र होटलमा समेत ऋण जान थालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । ‘सस्तो ब्याजदरका कारण शेयर बजार बढ्न पुगको हो,’ उनले भने, ‘बैंकको ब्याज सस्तो हुँदा शेयर बजार बढने र महंगो हुँदै गएपछि शेयर बजार घट्ने पहिलेदेखि कै टे्रन हो ।’

पछिल्लो समय बैंकहरुले १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म बचतको ब्याज निर्धारण गरेका छन् । निक्षेपको ब्याजदर घटेसँगै शेयर बजारमा उकालो लाग्दै गएको छ ।

बचतको ब्याजदर घट्दै गएकाले नेप्से ३ हजार बिन्दुसम्म पुग्ने आंकलन गरिएको छ । केही लगानीकर्ताले भने दोब्बर भन्दा धेरैले बढेकाले अब धेरै नबढने बताउँदै आएका छन् । केहीले भने अझै नेप्से बढ्ने बताउँदै आएका छन् ।

राजनीतिक अस्थिरताले केही लगानीकर्ता भने शेयर बजारमा लगानी गर्न डराइरहेका छन् । प्रधानमन्त्री कोपी शर्मा ओलीले निर्वाचन गर्ने घोषणा गरेपछि मुलकमा अस्थिरताको संकेत देखिएको छ । यसले शेयर बजारलाई  कति प्रभावित बनाउँछ या बनाउँदैन,त्याे अागामी दिनले बताउने छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी निर्वाचनमा जाने घोषणा गरेसँगै राजनीति अस्थिरताको बिऊ रोपिएको राजनीतिक बिश्लेषकहरुको भनाइ छ ।

अहिले संसद पुनस्र्थापनाको माग राख्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेका छ । उक्त मुद्धा यो महिना भित्र छिनोफानो हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषण गरिसकेका छन् ।

पछिल्लो समयको राजनीतिक घटना क्रमले निजी क्षेत्र निराश छन् । निजी क्षेत्रका उद्योग व्यवसायीहरुले अस्थिर राजनीतिले आर्थिक गतिविधिमा असर पुर्याउने धारणा सार्वजनिक गर्दै आएका छन् । यस्तो अवस्थाम शेयर बजारले आगामी दिन कस्तो गति लिने हो त्यो भने हेर्ने बाँकी नै छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।