एनएमबि बैंकको कम्पनी विश्लेषण

Feb 20, 2021 07:07 PM Merolagani

यस साता बैंकिङ्ग उपसमूहमा लगानीकर्ताहरु आकर्षित भएसँगै वाणिज्य बैंकहरुको शेयरमूल्य बढ्न थालेको छ। यसै समूह अन्तर्गतको एक बैंक हो एनएमबि बैंक (NMB)।

एनएमबि बैंकको (एड्जस्टेड) शेयरमूल्य यस साता हालसम्मकै उच्च विन्दुमा पुगेको छ। साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य ४७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोभन्दा अघिल्लो दिन पनि बैंकको शेयर सोही मूल्यमा कारोबार भएको थियो। यो बैंकको हालसम्मकै उच्च समायोजित मूल्य हो।

यस अनुसार बैंकको शेयरमूल्य उकालो लागे आगामी साता ५०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ४४० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता शेयरमूल्यसँगै बैंकको शेयर भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा ३ लाख १२ हजार १२६ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै बैंकको २० दिने औषत भोल्यूम २ लाख ४५ हजार ६२१ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २७.०८ प्रतिशत बढी हो। बढ्दो शेयरमूल्यलाई भोल्यूमले पनि साथ दिएका कारण बैंकको शेयरमूल्य वृद्धि बलियो मानिएको छ।

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६.२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। र पारित भएको ३.२ प्रतिशत नगद लाभांश बैंकले शेयरधनीहरुको बैंक खातामा जम्मा गरिसकेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। २ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकको सञ्चालन मुनाफा २ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७७ पैसा रहेको छ। त्यसैगरी, साताको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात २३.९८ गुणा रहेको छ। बैंकको बुकभ्यालु १५३ रुपैयाँ ४६ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु ३.०९ गुणा रहेको छ। बैंकको आरओई १२.८८ प्रतिशत रहेको छ।

बिहीबार बैंकको आरएसआई ७७.२० स्केल अर्थात ओभरबट जोनमा रहेको छ। यसले बजारमा शेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य बुलिश ट्रेण्डमा रहेको संकेत गर्दछ।

बैंकको हाल १६ करोड ३२ लाख ५९ हजार ६०८ कित्ता शेयर नेप्सेमा सूचीकृत छ। बिहीबार बैंकको शेयर प्रतिकित्ता ४७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसअनुसार बैंकको कुल बजार पूँजीकरण ७७ अर्ब ३० करोड ५० लाख ५४ हजार ६१८ रुपैयाँ पुगेको छ। बैंकको पछिल्लो १८० दिनको औषत मूल्य ४२९ रुपैयाँ ३७ पैसा रहेको छ। त्यसैगरी, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४९८ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३३७ रुपैयाँ रहेको छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा कम्पनी अहिले ‘एक्सट्रीम ग्रीड’ जोनमा पुगेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।