स्वरोजगारको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

Feb 21, 2021 08:40 AM Merolagani



स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२.३९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख ३७ हजार १२० रुपैयाँ रहेको छ। १२.३९ प्रतिशतका दरले ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ पुग्नेछ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।