पछिल्लो साता सस्तिएकाे सुनको मूल्य आइतबार वृद्धि,कतिमा हुँदैछ काराेबार ?

Feb 21, 2021 12:21 PM Merolagani



पछिल्लो साता सस्तिएकाे सुनको मूल्य यस साताको पहिलो दिनमा वृद्धि भएको छ । फागुन ९ गते, आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । यद्धपि यस दिनकाे मूल्य पनि ९ महिना यताकै सस्ताे हाे । यसअघि जेठ महिनापछि प्रतिताेला ८९ हजारकाे हाराहारीमा सुन काराेबार भएकाे थिएन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्य जेठ महिनायताकै सस्तो मूल्य थियो ।

सुनको भाउसँगै चाँदीको भाउ पनि आइतबार बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको बुधबारदेखि शुक्रबारसम्म चाँदी प्रतितोला ५५ रुपैयाँले गिरावट भएर साताको अन्तिम कारोबार मूल्य प्रतितोला एक हजार ३०५ रुपैयाँ तोकिएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।