पछिल्लो साता सस्तिएकाे सुनको मूल्य आइतबार वृद्धि,कतिमा हुँदैछ काराेबार ?

Feb 21, 2021 12:21 PM Merolagani



पछिल्लो साता सस्तिएकाे सुनको मूल्य यस साताको पहिलो दिनमा वृद्धि भएको छ । फागुन ९ गते, आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । यद्धपि यस दिनकाे मूल्य पनि ९ महिना यताकै सस्ताे हाे । यसअघि जेठ महिनापछि प्रतिताेला ८९ हजारकाे हाराहारीमा सुन काराेबार भएकाे थिएन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्य जेठ महिनायताकै सस्तो मूल्य थियो ।

सुनको भाउसँगै चाँदीको भाउ पनि आइतबार बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको बुधबारदेखि शुक्रबारसम्म चाँदी प्रतितोला ५५ रुपैयाँले गिरावट भएर साताको अन्तिम कारोबार मूल्य प्रतितोला एक हजार ३०५ रुपैयाँ तोकिएको थियो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।