ज्योति लाइफलाई आईपीओ निष्काशन गर्न सेबोनको अनुमति

Feb 21, 2021 03:56 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ। बोर्डले इन्स्योरेन्सलाई ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न फागुन ७ गते अनुमति दिएको हो। इन्स्योरेन्सले एनएमबि क्यापिटललाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल १ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।