वारेन बफेटले बिक्री गरे आफ्ना सबै सुन, किन लिए यस्तो निर्णय ?

Feb 21, 2021 04:54 PM Merolagani



विश्वका १० धनाढ्य व्यक्तिमध्येमका एक तथा बर्कशयर ह्याथअवेका सिईओ वारेन बफेटले आफ्ना सबै सुनको होल्डिंग बिक्री गरिदिएका छन् । रेगुलेटरी फाइलिंगमा दिइएको जानकारी अनुसार उनको कम्पनी बर्कशयर ह्याथअवेले २०२० को चौथो त्रैमास अर्थात अक्टोबरदेखि डिसेम्बरकोबीचमा सुनका ढिका बिक्री गरेको थियो । 

यसभन्दा अघि तोश्रो त्रैमासमा पनि सो कम्पनीले सुन बिक्री गरेको थियो ।अघिल्लो वर्षको गर्मी याममा जब वारेनले सुन खरिद गरेका थिए, सो समयमा सुनको मूल्य प्रतिअउन्स दुई हजार ६५ डलर रहेको थियो । वारेनले प्रति अउन्स एक हजार ८०० डलरमा ओर्लिएपछि सुन खरिद गर्न सुरु गरेका थिए । अर्थात उक्त लगानीबाट उनलाई १२.८ प्रतिशत नोक्सानी भयो ।

सुनका विषयमा नकरात्मक दृष्टिकोण रहेकाले वारेन चर्चित छन् । सन् १९९८ मा उनले सुनलाई अनावश्यक चीज भनेका थिए । उनले सुनको कुनै व्यवहारिक प्रयोग नभएको बताएका थिए ।

ब्यारिक गोल्ड कर्पोरेशनमा शेयर बेचे

वारेनको कम्पनीले क्यानडाको खनन कम्पनी ब्यारिक गोल्ड कर्पोरेशनलाई ३१.७ डलर बराबरको शेयर बेचेको छ । कम्पनीले केहि महिना अघि मात्र यो शेयर किनेको हो । यस कम्पनीको शेयर बिक्री गर्नु,शेयर खरिद गर्नु जतिकै आश्चर्यजनक रहेको थियो ।

अन्य कम्पनीहरुले पनि गोल्ड पोजीशनमा कटौती गरे

यस कम्पनीका साथै अन्य केहि लगानी कम्पनीहरुले पनि गोल्ड पोजीशनमा कटौती गरेका छन् । ब्ल्याक रकको एक रेगुलेटरी फाइलिंगका अनुसार विश्वको सबैभन्दा ठूलो एसेट म्यानेजरले एसडिपीआरमा तीन हजार ४१४ करोड रुपैयाँ भन्दा धेरै मूल्यको सुन बेचेर सिल्वर ट्रस्टमा २.९ करोड डलर मूल्य बराबरको हिस्सेदारी किनेका थिए ।

पछिल्लो वर्ष २५ प्रतिशतले बढ्यो सुन, चाँदीमा ५० प्रतिशतको उछाल

कोरोना भाइरस कम गर्नका लागि विश्वभरका केन्द्रीय बैंक तथा सरकारले चालेको वित्तीय कदमले पछिल्लो वर्ष २५ प्रतिशत भन्दा बढिले सुनकाे मूल्य वृद्धि भएको छ भने चाँदीकाे भाउ ५० प्रतिशत भन्दा बढिले बढेको छ । मुद्रास्फिती र मुद्रा अवमूल्यनको विरुद्ध सुनलाई सुरक्षाको रुपमा लिइन्छ ।

(एजेन्सीकाे सहयाेगमा ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।