सिभिल बैंकको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

Feb 21, 2021 06:37 PM Merolagani



सिभिल बैंकको (CBL) ८.४२ प्रतिशत लाभांक वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको आईतवार भर्चुअल माध्यमबाट सम्पन्न भएको दशौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको हो ।

यसका साथै सभाले आ.व. २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।