जीवन बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गर्न बीमा समितिको निर्देशन

Feb 21, 2021 06:46 PM Merolagani



बीमा समितिले जीवन बीमा कम्पनीहरुलाइ पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएकाे छ । बीमा समितिले आइतबार सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

त्यस अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।

समितिले पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिइसकेको छ ।

 




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।