जीवन बीमा कम्पनीहरुमा पनि एनएफआरएस प्रणाली लागू गर्न बीमा समितिको निर्देशन

Feb 21, 2021 06:46 PM Merolagani



बीमा समितिले जीवन बीमा कम्पनीहरुलाइ पनि एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएकाे छ । बीमा समितिले आइतबार सर्कुलर जारी गर्दै उक्त निर्देशन दिएको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

त्यस अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्नेछ ।

समितिले पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिइसकेको छ ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।