सुनको मूल्य सोमबार स्थिर, चाँदी भने वृद्धि

Feb 22, 2021 12:03 PM Merolagani



अघिल्लो दिन वृद्धि भएको सुनको मूल्य स्थिर रहेको छ । फागुन १० गते, सोमबार सुनको मूल्य आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । साताको पहिलो कारोबार दिन सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो ।

सुनको मूल्य स्थिर रहेतापनि चाँदीको भाउ भने सोमबार वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३३५ रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३३० रुपैयाँ तोकिएको थियो ।

अन्तरराष्ट्रिय बजारमा भने सोमबार सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । सो बजारमा आज सुन प्रति अउन्स चार डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७८९ डलरमा किनबेच हुँदैछ ।

यस्तै पहिलो कारोबार दिन उक्त बजारमा चाँदीको भाउ पनि बढोत्तरी भएर २७ डलर भन्दा बढिमा खरिदबिक्री हुँदैछ ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।