निफ्राको शेयरमा आकर्षण कायमै, निरन्तर सातौँ कारोबार दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार

Feb 22, 2021 11:43 AM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) (NIFRA) को शेयरमा लगानीकर्ताहरुको आकर्षण कायमै रहेको छ। हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्काशन गरेको यस बैंकको शेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगानीकर्ताहरु आकर्षित भएका हुन्।

फागुन २ गते आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार भएको यस बैंकको शेयर अहिले ६६० रुपैयाँमा कारोबार भइरहेको छ। पहिलो कारोबार दिनदेखि नै यस कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको हो। बैंकको मार्केट डेप्थ हेर्ने हो भने पनि दैनिक सर्किट मूल्यमा लाखौँ खरिद आदेशहरु देखिन्छन्।

अहिले हेर्दा पनि बैंकको शेयरमा अत्याधिक खरिदचाप छ। यस समाचार तयार पार्दासम्ममा सर्किट लेभल अर्थात ६६० रुपैयाँमा मात्रै १० लाख १६ हजार कित्ता खरिद आदेश छ। त्यसैगरी, कुल ११ लाख ३३ हजार कित्ता शेयर खरिद आदेश रहेको मार्केट डेप्थमा देखिन्छ। लगानीकर्ताहरुले सर्किट लेभलमा नै खरिद गर्छुभन्दा पनि बिक्रीकर्ताहरु तयार देखिदैनन्।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।