आइएमई लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

Feb 22, 2021 01:11 PM Merolagani



आइएमई लाइफ इन्स्योरेन्स ले आथिर्क वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट फागुन ३ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमालेख र सावधिक/ अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार २६ रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले २६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्रर्गतका सबै अविधमा बीमालेखमा १३ रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

 

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।