आइएमई लाइफ इन्स्योरेन्सको बोनसदर सार्वजनिक

Feb 22, 2021 01:11 PM Merolagani



आइएमई लाइफ इन्स्योरेन्स ले आथिर्क वर्ष २०७५/७६ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट फागुन ३ गते स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७६ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा वोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक जीवन बीमालेख र सावधिक/ अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार २६ रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले २६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्रर्गतका सबै अविधमा बीमालेखमा १३ रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

 

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूणर् वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।

 




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।