सक्रिय लगानीकर्ता साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता कति?

Feb 22, 2021 01:10 PM Merolagani



दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुको संख्या साढे ५ लाख नाघेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन ९ गतेसम्ममा सक्रिय लगानीकर्ताहरुको संख्या ५ लाख ५० हजार ४०९  पुगेका हुन्।

धिताेपत्र बजारमा प्रविधिकाे बढ्याे प्रयाेगसँगै अनलाइन मार्फत काराेबार गर्ने लगानीकर्ताहरूकाे संख्या ३ लाख ७६ हजार २६१ पुगेकाे छ। जसमध्ये १ लाख ९५ हजार ९८९ जना सक्रिय अनलाईन प्रयोगकर्ता रहेका छन्।

दोस्रो बजारमा कारोबार गर्नको लागि नेप्सेले टीएमएस प्रणाली सञ्चालनमा ल्याएपछि अनलाइन प्रयोगकर्ता बढेको हो।

दिपशिखा धितोपत्र कारोबार कम्पनी ( ब्रोकर नं. ३८) मा सबैभन्दा धेरै सक्रिय क्लाइन्ट रहेका छन्। हाल उक्त ब्राेकरमार्फत २८ हजार ४२८ लगानीकर्ताले काराेबार गरिरहेका छन्। यस्तै, दिपशिखामा अनलाइन क्लाइन्ट १६ हजार ४२२ रहेको नेप्सेले जनाएको छ।

यस्तै, नाशा सेक्युरीटिजको २७ हजार ६२५, सनी सेक्युरिटीजको २३ हजार ४५, इम्पेरियल सक्युरिटीजको २२ हजार ९२६ सक्रिय क्लाइन्टहरु रहेका छन् ।

सबैभन्दा कम सक्रिय क्लाइन्ट भने सगरमाथा सेक्युरीटिजको रहेको छ। सगरमाथामा ३ हजार ८९७ जना सक्रिय क्लाइन्टहरु छन्। त्यसमध्ये ४९३ अनलाईन प्रयोगकर्ता रहेका छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।