एभरेष्ट बैंक र प्राइम लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 22, 2021 02:46 PM Merolagani



एभरेष्ट बैंक (EBL) र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। 

सोमबार एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता गरी कुल ५८ लाख १६ हजार ३५६.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

एभरेष्ट बैंकले गत अर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस्तै प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।