एभरेष्ट बैंक र प्राइम लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 22, 2021 02:46 PM Merolagani



एभरेष्ट बैंक (EBL) र प्राइम लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। 

सोमबार एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस शेयर र प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २५३ कित्ता गरी कुल ५८ लाख १६ हजार ३५६.४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

एभरेष्ट बैंकले गत अर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस्तै प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।