हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो अपि पावर

Feb 22, 2021 04:10 PM Merolagani



अपि पावर कम्पनी (API) ले हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले फागुन ९ गते आइतवार चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।