हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो अपि पावर

Feb 22, 2021 04:10 PM Merolagani



अपि पावर कम्पनी (API) ले हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले फागुन ९ गते आइतवार चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।