स्वास्थ्य मन्त्रालयले भन्यो: 'प्रयोगशालाले समयमै रिर्पोटिङ नगर्दा बीमा दाबी भुक्तानीमा ढिलाई भयो'

Feb 22, 2021 05:14 PM Merolagani



कोभिड १९ परिक्षण गर्न अनुमति पाएका प्रयोगशालाहरुले परीक्षणको विवरण समयमै नपठाउदा कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै प्रयोगशालाले समयमै रिर्पोटिङ नगर्दा कोरोना बीमाको दाबी भुक्तानी ढिलाई भएको जनाएको हो ।

सरकारबाट अनुमति पाएका प्रयोगशालाहरुले तोकिएको ढाँचामा दैनिक रुपमा २४ घण्टा भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला/ ईडिसीडीमा परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने हुन्छ । तर त्यस अनुसार भएको नपाएपछि कोरोना संक्रमितको विवरणहरु भेरिफिकेशनमा समस्या भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अबको सात दिन भित्र तोकिएअनुसार विवरण पठाउन छुट भएका विवरणहरु तोकिएको ढाँचामा अलग्गै पठाउन पनि निर्देशन दिएको छ ।

समयभित्र विवरणहहरु उपलब्ध नभएमा कोरोना बीमाको दाबी प्रमाणिकरणका लागि अयोग्य ठहरिने जनाउदै मन्त्रालयले बीमितलाई पर्न जाने कठिलाई प्रति प्रयोगशाला नै जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ ।

यस्तै नियमित तोकिए अनुसार रिर्पोटिङ नगरिएमा प्रयोगशालाको सम्बन्धन समेत खारेज गरी कारवाही गर्ने मन्त्रालयल चेतावनी दिएको छ ।

केहि व्यक्तिहरुको विवरणहरु कोभिड १९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला/इडिसीडीमा रिर्पोटिङ भएकोले उक्त फाइलहरु दाबी भुक्तानीको लागि अयोग्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीका फाइलहरु भेरिफिकेशनको काम तिव्र रुपमा भइरहेको जनाएको छ । हाल सम्म १८ हजार विवरण प्रमाणिकरणको लागि प्राप्त भएकोमा १५ हजार भन्दा बढी प्रमाणिकरण भइसकेको मन्त्रालयले जनाएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।