टेस्लाको ढाडसमा बिटक्वाईन फेरि नयाँ उचाईमा

Feb 22, 2021 06:57 PM Merolagani

हाल विश्वमा नै निकै चर्चामा रहेको क्रिप्टोकरेन्सी बिटक्वाईनले नयाँ उचाई कायम गरेको छ । पछिल्लो साता ५० हजार डलर पार गरेर रेकर्ड बनाएको बिटक्वाईनले पुन : नयाँ रेकर्ड बनाएको हो ।

बिटक्वाईनले निरन्तर उकालो लागेको आफ्नो गतिलाई निरन्तरता दिँदै आइतबार ५८ हजार डलर पार गरेर नयाँ उचाई कायम गरेको छ । जनवरीको सुरुवातदेखि हालसम्म यस क्रिप्टोकरेन्सी ९० प्रतिशत भन्दा बढिले वृद्धि भएको छ । हाल यसको बजार मूल्य एक ट्रिलियन डलर भन्दा माथि पुगेको छ ।

बिटक्वाईनको यो उचाई टेस्ला तथा अन्य ठुला कम्पनीहरुले भुक्तानीका रुपमा यसलाई स्वीकारेकाले भएको हो । यद्यपी मूल्यमा उतारचढाव कायम हुँदै बिटक्वाईनको मूल्य सन् २००९ मा स्थापना भएयता कैयौं पटक भारी गिरावट भएको छ ।

क्रिप्टोकरेन्सी समाचार पाेर्टल क्वाईनडेस्कबाट प्राप्त तथ्यांकका अनुसार बिटक्वाईनले यस वर्षको सुरुवातमा २८ हजार ९०० डलरबाट कारोबार सुरु गरेको थियो । जनवरीको सुरुवातमा ४० हजार डलरबाट तल ओर्लिदै यो ३० हजार डलर भन्दा पनि कम मूल्यमा झरेको थियो ।

फेब्रुअरी १६ मा ५० डलर पार गरेको बिटक्वाईनले त्यसयता भने ऐतिहासिक उचाई प्राप्त गर्दै ५८ हजार डलरसम्मको यात्रा तय गरेको छ ।

मूख्यधारमा जाँदै बिटक्वाईन

बिटक्वाईन भारी मात्रामा ठुला कम्पनीहरुबाट भुक्तानीका रुपमा स्विकृत भएपछि प्रोत्साहित भएको छ । एलन मस्कले गत साता उनको विद्युतिय कार निर्माता कम्पनी टेस्लाले १.५ बिलियन डलर बराबरको बिटक्वाईन खरिद गरेको र आगामी दिनमा पनि आफ्ना कार व्यापारकालागि भुक्तानीको माध्यमका रुपमा प्रयोग गर्ने खुलाएका थिए ।

मास्टरकार्डले पनि बिटक्वाईनलाई भुक्तानीकारुपमा स्विकार्ने योजना बनाएको छ । यस्तै विश्वको ठुलो एसेट व्यवस्थापक ब्ल्याकरकले यसलाई डिजिटल मुद्राका रुपमा प्रयोग गर्ने उपायहरुको तयारी गरिरहेको छ ।

कोभिड १९ महामारीले पनि बिटक्वाईनको मूल्य वृद्धि गर्न ठुलो भूमिका खेलेको छ । मानिसहरुको रोजाईमा अनलाईन सपिंग पर्दा र मुद्रा तथा सिक्काको अभावका कारण यसको मूल्य आकाशिएको हो ।

तर आलोचकहरुले भने बिटक्वाईन एक मुद्राभन्दा कम रहेको र बजारमा हेरफेरकालागि खुला राख्ने एक काल्पनिक व्यापारिक उपकरण भएको तर्क दिएका छन् ।

प्रमुख अर्थशास्त्री र बिटक्वाईनका आलोचक नौरियल रोबिनीले यसकाे व्यवहारिक प्रयोग अत्यन्त कम भएको र यसले बन्ड तथा शेयर जस्तो स्थिर आय प्रदान नगर्ने बताएका छन् । 'एलन मस्कले किनिरहेका होलान् तर त्यसकाे अर्थ यो होइन कि अरु सबैले पनि सोहि बाटो पछ्याउनुपर्छ,' उनले हालसालै ट्वीट गरे ।

 

बिटक्वाईन कायर मनकालागि होइन

नयाँ लगानीकर्ताहरु अझै पनि बिटक्वाईनमा रहेको जोखिमबाट सचेत हुनुपर्ने क्रिप्टोकरेन्सी रेटिंग प्लाटफर्म ईभाईका संस्थापक म्याट डिकसनले बताए ।

जनवरीमा केहि सातामा नै ४० हजार डलरबाट ३० हजार डलर तल झरेको सम्बन्धमा उनी भन्छन्, 'यसले निसन्देह निरुत्साहित र आतंकित बनाउँछ, तर यो दिर्घकालिन लगानीकर्ताहरुकालागि खासै उल्लेखनिय कुरा होइन ।'

'नयाँ लगानीकर्ताहरुले बिटक्वाईनको नियमित उतारचढावलाई ध्यानमा राख्दै कुनै पनि अनावश्यक नोकसानीबाट बच्नकालागि आफ्ना हातहरु स्थिर राख्न आवश्यक छ । संभावना उपल्लो स्तरमा जाने धेरै हुनसक्छ तर जोखिम थप भारी हुनसक्दछ ।'

कर्ट वुकर्ट बिटक्वाईनमा लामो समयदेखि लगानी गर्दै आएका छन् । उनले आफ्नो सानो परियोजनाकालागि यसलाई भुक्तानीका रुपमा स्विकारेका थिए र सन् २०१२ मा यसबाट ठक्कर पनि पाएका थिए । उनी अन्य लगानीकर्तालाई बिटक्वाईनमा हाम्फाल्नु पहिले क्रिप्टोकरेन्सीका विषयमा अध्ययन गर्न सुझाउँछन् । यसका साथै उनी आफ्ना साथीहरुलाई पनि घरभाडा तिर्ने पैसा लगानी नगर्न तर बियर खरिद गर्ने पैसा बचत गरेर लगानी गर्न सल्लाह दिन्छन् ।

( बीबीसीबाट अनुवादित । )

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।