नेपाल इन्भेस्टमेन्ट बैंककाे सिराहामा शाखा विस्तार

Feb 22, 2021 06:57 PM Merolagani



नेपाल इन्भेस्टमेन्ट बैंकले (NIB) लाहान नगरपालिका,८, सिराहामा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका हुन् ।

साे शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्ने बैंककाे विश्वास छ ।

बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरू संचालन गरिरहेको छ । 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।