नबिल बैंकको भैरहवा तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु

Feb 22, 2021 06:57 PM Merolagani



नबिल बैंकले (NABIL) भैरहवा कान्छी बजारकोे तरकारी / फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुञयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी साे सेवा सुरु गरेका हुन् ।

अब साे बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी तथा फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वल्र्ड लिंक नेपालले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ ।

अहिले बैंकको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेका पनि छन् ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।