निर्धन उत्थानको शेयरमूल्य समायोजन

Feb 23, 2021 09:10 AM Merolagani



फागुन ११ गते मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) को शेयरमूल्य समायोजन भएको छ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लघुवित्तको १३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४४० रुपैयाँ तोकिएको छ। नेप्से लघुवित्तको अघिल्लो कारोबार दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। सोमबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६२७ रुपैयाँमा कारोबार भएको थियो।

लघुवित्तको आज सोही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ।

लघुवित्तले १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न फागुन २५ गते आफ्नो केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट आयोजना गर्ने भएको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।