प्रि ओपन सेसन अपडेटः साढे १९ अंक बढ्यो नेप्से

Feb 23, 2021 10:51 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको नेप्से यस दिन सो सेसनमा १९.६७ अंक बढेर २६२७.३४ विन्दुमा पुगेको हो। सो अवधिमा सेन्सेटिभ इण्डेक्स २.५७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ४५ लाख १६ हजार ३४९ रुपैयाँ बराबरको ३२ हजार ७०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।