प्रि ओपन सेसन अपडेटः साढे १९ अंक बढ्यो नेप्से

Feb 23, 2021 10:51 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६७ अंक घटेर २६०७.६७ विन्दुमा झरेको नेप्से यस दिन सो सेसनमा १९.६७ अंक बढेर २६२७.३४ विन्दुमा पुगेको हो। सो अवधिमा सेन्सेटिभ इण्डेक्स २.५७ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४८ कम्पनीको १ करोड ४५ लाख १६ हजार ३४९ रुपैयाँ बराबरको ३२ हजार ७०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।