चैतबाट इम्बाेस्ड नम्बर अनिबार्य गरिदै, तपाईंको सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न कति लाग्छ खर्च ?

Feb 23, 2021 12:45 PM Merolagani



सरकारले आगामी चैतबाट अनिवार्य इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न लागेको छ । गत हप्ताबाट मात्रै सबै सरकारी कार्यालयका गाडीमा उक्त इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रिया अघि बढाएको थियो ।

 यो सँगै देशभरका सम्पूर्ण सरकारी गाडीहरुमा इम्बोस्ड नम्बर प्लेट जडान भइरहेको छ । अब आगामी चैतबाट सार्वजनिक तथा निजी सबै सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्ने गरी यातायात व्यवस्था विभागले गृहकार्य अघि बढाइसकेको छ ।

नेपालमा करिब ३० लाखको हाराहारीमा साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन । चैतबाट इम्बोस्ड नम्बर प्लेट राख्ने भएपछि सरकारले कुन सवारीमा इम्बोस्ड नम्बर प्लेटको लागी कति खर्च वा राजस्व बुझाउनुपर्छ भन्ने दर रेट तोकिसकेको अवस्था छ ।

सरकारले सार्वजनिक गरेको उक्त दर र राजस्वबारे तपाईंलाई जानकारी नभएको पनि हुन सक्छ । त्यसैले तपाईंको सवारीमा इम्बोस्ड नम्बरप्लेट राख्न खर्च कति लाग्छ जनकारी दिदैछौं । सबैभन्दा पहिला तपाईंले यातायात कार्यालय तथा यातायात व्यवस्था विभागमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेटको लागी अबेदन दिनुपर्छ । विभागले नम्बर प्लेटको लागी विभिन्न कागजपत्र खोज्ने गर्छ । तपाईंले राजस्व बुझाइसकेपछि मात्र उक्त नम्बर प्लेटको लागी आवेदन दिन पाउनुहुन्छ ।
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटको लागी विभिन्न सवारीसाधनलाई फरक फरक मुल्य सूची सार्वजनिक गरेको छ ।

विभागका अनुसार नेपालमा १३ लाख भन्दा बढी दुई पाँग्रे सवारीसाधन  रहेका छन् ।

यातायात विभागका महानिर्देशक गोगन हमालले इम्बोस्ड नम्बर प्लेटको लागी शुल्क नेपालमा सस्तो दरमा तोकिएको बताए । उनका अनुसार विभागले शुल्कको बिषयमा पुनरावलोकन पनि गरेको थियो तर, सस्तै शुल्क रहेको निष्कर्ष निकाल्यो ।

अहिले सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा बर्गिकरण गरेको छ । जस अनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

तर, चार पाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । विभागमा इम्बोस्ड नम्बर प्लेटको शुल्क महँगो भएको भन्दै बारम्बर गुनासो आउने गरेको छ । तर, गुनासो र विरोध नै बीच सोहि रेट कायम भएको छ ।

सवारी साधन इम्बोस्ड   शुल्क

मोटरसाइकल,स्कुटर     २५००
टेम्पु, अटो, तीनपाग्रे      २९००
जिप, कार, भ्यान          ३२००
बस, ट्रक, ट्रयाक्टर        ३६००

इम्बोस्ड नम्बर प्लेट फारम  भर्ने तरीकाको जानकारीको लागी यहाँ जानुस्

 

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।