एक सातापछि सुनको मूल्य पुन: ९० हजार माथि, चाँदी पनि बढ्यो

Feb 23, 2021 12:21 PM Merolagani



सुनको मूल्य फेरि बढेर ९० हजार माथि पुगेको छ। फागुन ११ गते, मंगलबार सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य स्थिर रही प्रतितोला ८९ हजार रुपैयाँमा किनबेच भएको थियो। गत साताकाे मंगलबार सुन प्रतिताेला ९० हजार ९०० रूपैयाँ ताेकिएपनि त्यसयता भने भारी गिरावट भएकाे थियाे ।

यसैगरी, मंगलबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ। मंगलबार पनि चाँदीको भाउ उकालो लागेर एक हजार ३३५ रुपैयाँ तोकिएको थियो। फागुन ४ गते चाँदी यसदिनकै भाउमा काराेबार भएकाे थियाे । चाँदीकाे भाउमा िनरन्तर उतार चढाव कायम नै छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।