एक सातापछि सुनको मूल्य पुन: ९० हजार माथि, चाँदी पनि बढ्यो

Feb 23, 2021 12:21 PM Merolagani



सुनको मूल्य फेरि बढेर ९० हजार माथि पुगेको छ। फागुन ११ गते, मंगलबार सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य स्थिर रही प्रतितोला ८९ हजार रुपैयाँमा किनबेच भएको थियो। गत साताकाे मंगलबार सुन प्रतिताेला ९० हजार ९०० रूपैयाँ ताेकिएपनि त्यसयता भने भारी गिरावट भएकाे थियाे ।

यसैगरी, मंगलबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ। यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ। मंगलबार पनि चाँदीको भाउ उकालो लागेर एक हजार ३३५ रुपैयाँ तोकिएको थियो। फागुन ४ गते चाँदी यसदिनकै भाउमा काराेबार भएकाे थियाे । चाँदीकाे भाउमा िनरन्तर उतार चढाव कायम नै छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।